काठमाडौंको मिनभवन कमर्स क्याम्पसमा (एनसिसी) कलेजमा दुई पक्षबीच ढुंगा हानाहान भएको छ।
सोमबार दिउँसो नेपाल विद्यार्थी संघका दुई समूहबीच ढुंगा हानाहान भएको हो।
‘अहिले ढुंगा हान्न रोकिएको छ,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले भने,‘८०-९० जना भेला भएको भनिएको थियो। कसैलाई चोट लागेको खबर छैन।’
नेविसंघ इकाइ समितिले स्ववियू निर्वाचनबारे छलफल गर्न औपचारिक बैठक बोलाएको थियो।
अध्यक्ष सरोज तिमल्सिना र समितिका संयोजक भुवन भट्टबीच विवाद उत्पन्न हुँदा ढुंगा हानाहान भएको प्रहरीले जनाएको छ।
सोमबार दिउँसो ११ बजेका लागि स्ववियू निर्वाचन विशेष सुझाव संकलन तथा भेटघाट कार्यक्रममा आयोजना गरिएको थियो।
प्रकाशित मिति: सोमबार, माघ २३, २०७९, १३:५५:००