नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीका सदस्य गंगाराम चनारा (जीवन) नेकपा एमालेमा प्रवेश गरेका छन्।
चनारासहित रूकुम पश्चिमका केही माओवादी नेताहरू एमालेमा प्रवेश गरेका हुन्।
गणेश बिक, सुनिता चनारा, गोरख बिक, तिलक बस्नेत, मीना मल्ल बस्नेत, हरिप्रसाद शर्मा, कपिल बिक, असल क्षेत्री, डिल्लीराज शर्मा, शिव रसाइलीलगायत माओवादी छाडेर एमालेमा प्रवेश गरेका छन्।
उनीहरूलाई एमाले महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका थिए।
प्रकाशित मिति: बुधबार, चैत ८, २०७९, ०९:१९:००