पश्चिम बंगालको आसपास रहेको न्यून चापीय क्षेत्रका कारण पूर्वी र मध्य भू-भागमा साथै पश्चिमी वायुका प्रभावका कारणले नेपालको पश्चिमि भू-भागमा आंशिकदेखि सामान्य बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशको पूर्वी भू-भाग लगायत मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र मध्य तथा पश्चिमी तराईका भूभागमा सामान्यतया सफा रहेको मौसमविद् समीर श्रेष्ठले बताए।
यस्तो छ तीन दिनको पूर्वानुमान
असोज २२ गते (बुधवार)
दिउँसो: देशभरि आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राति: देशभर आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानहरूमा साथै पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
असोज २३ गते (बिहिबार)
दिउँसो: देशभरि आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानहरूमा साथै पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
राति: देशको मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली साथै पश्चिमी भूभागमा आंशिक बदली रहनेछ। पूर्वका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
असोज २४ गते (शुक्रबार)
दिउँसो: देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। तराईका भूभागमा आंशिक बदली रहनेछ।
राति: देशको पहाडी भूभागमा आंशिक बदली र तराईका भूभागमा सामान्यतया सफा रहनेछ।