काठमाडौं उपत्यकामा थप एक हजार ५ सय ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबार स्वास्थ्य मन्त्रलायका प्रवक्ता प्रा डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ५ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
त्यसमध्ये काठमाडौंका १ हजार २ सय ८३ जना, भक्तपुरका १ सय १२ जना र ललितपुरका १ सय ५७ जना छन्।
पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै, संक्रमणबाट २१ जनाले ज्यान गुमाएका छन्।