पर्सामा पाँच वर्षीया बालिका बलात्कृत भएकी छिन्।
बालिकामाथि बलात्कार गरेको आरोपमा बिन्दवासिनी गाउँपालिका-४ अमरपट्टीका एक पुरूष शुक्रबार दिउँसो पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा २६ वर्षीय उमेश ठाकुर छन्।
उनले बुधबार साँझ ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेका थिए।
नेपाल प्रहरीका अनुसार सो सूचना प्राप्त भएपछि प्रहरी चौकी अमरपट्टी र ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले ठाकुरलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।