देशकै संघीय राजधानी काठमाडौंमा विकासका संरचनाहरू कस्तो हुनुपर्छ? यो सबै हामीलाई थाहा नै छ।
देशकै ठूलो महानगरपालिका, देशभरका मानिसहरू बस्ने ठाउँ, देशभरका सहरमध्ये सबैभन्दा धेरै मानिसहरुको बसोवास गर्ने ठाउँ पनि हो काठमाडौं।
स्वभावैले पनि देशको राजधानी भइसकेपछि देशभरका मानिसहरुको पहिलो रोजाइ काठमाडौं नै बन्ने गर्छ। चाहे त्यो शिक्षामा होस् वा त रोजगारीमा नै किन नहोस्। तर बिडम्वना काठमाडौं जस्तो देशको राजधानी र प्रमुख सहरका सडकहरूको अवस्था अहिले पनि अस्तव्यस्त र दयनीय छ।
कतै खाल्डाखुल्डी त कतै हिलाम्मे र धुलाम्मे बाटो। चिल्लो सडकको व्यवस्थापन र निर्माण त परको कुरा पुनःनिर्माणको काम समेत सरकारी निकायहरुले गर्न सकेका छैनन्।
जमानामा बनेका सडकहरूमा बिच्छ्याइएको कालोपत्रे उकेर गइसक्यो, बाटोमा खाल्डाखुल्डी, धूलो, हिलो र ढलका पाइप बिच्छ्याउन महिनौंसम्म पनि सडकमा व्यवधान खडा गरिन्छ। भत्किएको सडकमा दुर्घटनाको जोखिम त छ नै साथमा सिर्जित व्यवधानले आवतजावतमा झनै सकस पुगेको सहजै देख्न सकिन्छ।
सरकारी निकाय र राजनीतिक दलका प्रतिनिधिहरू विकासको कुरामा सवालजवाफमै सीमित छन्। चुनावका बेला बाध्यताले गरिएको कालोपत्रे र सडक निर्माण केही महिना नबित्तै भत्किएर पुनः उस्तै हुन्छ।
दीर्घकालीन रुपमा समस्याको समाधान गर्दा आफूले पनि प्रयोग गर्न सहज र छिटो हुन्छ भन्ने महशुस गर्न प्रतिनिधिहरूले सकिरहेका छैनन्। राजनीतिक दलका प्रतिनिधित्व र सरकारले सडक विकासलाई व्यवस्थित गर्न नजान्दा र नसक्दा, अझ भनौ प्राथमिकतामा नराख्दा हरेक दिन आम नागरिकहरुले दुःख भोगिरहेका छन्।
कतै सडक भत्काएर छोडिएको छ भने कतै बीच बाटोमा नै ढलका लागि खाली ठाउँ वारपार गरेर छोडिएको छ। कतै टायर, ढुंगा थुपारिएको छ भने कतै बाँस रड जस्ता सामग्री छरपस्ट छन्। कतै ट्राफिक पुलिसका होर्डिङ बोर्डहरू छरपस्ट देख्न सकिन्छ।
कथामा हामीले बोलिरहनुभन्दा पनि फोटोले नै काठमाडौं उपत्यकाका सडकको वास्तविक अवस्थालाई छर्लंग बोल्छ।
हेर्नुहोस् न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका केही तस्बिरहरू।
![](https://www.setopati.com/uploads/editor/Photos/2079/Weekly%20Photo/6-8/dusturb%20road%20DSC_4569%20%281%29.jpg)
![](https://www.setopati.com/uploads/editor/Photos/2079/Weekly%20Photo/6-8/dusturb%20road%20DSC_4569%20%282%29.jpg)
![](https://www.setopati.com/uploads/editor/Photos/2079/Weekly%20Photo/6-8/dusturb%20road%20DSC_4569%20%283%29.jpg)
![](https://www.setopati.com/uploads/editor/Photos/2079/Weekly%20Photo/6-8/dusturb%20road%20DSC_4569%20%284%29.jpg)
![](https://www.setopati.com/uploads/editor/Photos/2079/Weekly%20Photo/6-8/dusturb%20road%20DSC_4569%20%285%29.jpg)
![](https://www.setopati.com/uploads/editor/Photos/2079/Weekly%20Photo/6-8/dusturb%20road%20DSC_4569%20%286%29.jpg)
![](https://www.setopati.com/uploads/editor/Photos/2079/Weekly%20Photo/6-8/dusturb%20road%20DSC_4569%20%287%29.jpg)
![](https://www.setopati.com/uploads/editor/Photos/2079/Weekly%20Photo/6-8/dusturb%20road%20DSC_4569%20%288%29.jpg)
![](https://www.setopati.com/uploads/editor/Photos/2079/Weekly%20Photo/6-8/dusturb%20road%20DSC_4569%20%289%29.jpg)
![](https://www.setopati.com/uploads/editor/Photos/2079/Weekly%20Photo/6-8/dusturb%20road%20DSC_4569%20%2810%29.jpg)
![](https://www.setopati.com/uploads/editor/Photos/2079/Weekly%20Photo/6-8/dusturb%20road%20DSC_4569%20%2811%29.jpg)
![](https://www.setopati.com/uploads/editor/Photos/2079/Weekly%20Photo/6-8/dusturb%20road%20DSC_4569%20%2812%29.jpg)
![](https://www.setopati.com/uploads/editor/Photos/2079/Weekly%20Photo/6-8/dusturb%20road%20DSC_4569%20%2813%29.jpg)