मनमोहन मेमोरियल (एमएम) राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ।
आर्मीले शनिबार सुनसरीको इनरुवामा भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ८५ रनले पराजित गरेर उपाधि जितेको हो।
पहिले ब्याटिङ गरेको आर्मी ४८.५ ओभरमा १८४ रनमा अलआउट भयो।
आर्मीका लागि कप्तान विनोद भण्डारीले ४० रन, राजेश पुलामीले ३१ रन र राजु रिजालले २२ रन जोडे।
बलिङमा पुलिसका दीपेन्द्रसिंह ऐरी, सागर ढकाल र ललितनारायण राजवंशीले ३-३ विकेट लिए। पवन सर्राफको नाममा १ विकेट रह्यो।
१८५ रनको लक्ष्य पछ्याएको पुलिस २४.४ ओभरमा ९९ रनमा अलआउट भयो।
पुलिसका लागि कुशल भुर्तेलले सबैभन्दा बढी ३१ रन जोडे। अनिल साहले २१ रन र अमित श्रेष्ठले २३ रन जोड्दा अन्य ब्याट्सम्यान दोहोरो अंकमा जोड्न नपाइ आउट भए।
बलिङमा आर्मीका सुसन भारीले ४ विकेट लिए। साहब अलामले ३ विकेट र कुशल मल्लले २ विकेट लिन सफल भए। सुसन खेलको म्यान अफ दि म्याच भए।