स्पेन युरोकप-२०२० को नजिक पुगेको छ।
समूह 'एफ' अन्तरगत आइतबार भएको खेलमा फारोह आइल्याण्डमाथि ४-० को सहज जित दर्ता गरेपछि स्पेन युरोकपको नजिक पुगेको हो। उसले ६ खेलमा अपराजित रहँदै १८ अंक जोडेको छ।
दोश्रो स्थानमा रहेको स्वीडेनको ११ अंक रहेको छ।
स्पेनको जितमा रोड्रिगो मोरेनो मचाड र पाको अलकेसरले २-२ गोल गरे।
स्पेनले कब्जा गरेको खेलमा रोड्रिगोले १३ र ५० औं मिनेटमा गोल गरेका थिए भने पाकोले ८२ औं र अतिरिक्त समयको दोश्रो मिनेटमा गोल गरेका थिए।
त्यसैगरी सोहि समूहको अर्को खेलमा जर्ज पुस्कासको गोलमा रोमानियाले माल्टालाई १-० गोलले पराजित गर्यो। माल्टालाई पराजित गरेसँगै रोमानिया १० अंकसहित तेश्रो स्थानमा उक्लिएको छ।