नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले संचालन गर्दै आएको कनेक्ट आइपिएस ई–पेमेन्ट प्रणाली मार्फत भएका मासिक कारोबार पुस महिनामा १२ अर्ब ५ करोड भन्दा बढी भएको छ।
एनसीएचएलको लागि बैशाख, २०७५ बाट प्रारम्भिक सञ्चालनमा आएदेखि पौषमा हाल सम्मको सबैभन्दा बढि कारोबार भएको छ । यस आर्थिक वर्षको पौष मसान्तसम्म कनेक्ट आइपिएस ई–पेमेन्ट प्रणाली मार्फत भएको (कारोबार संख्या)६ लाख ५० हजार १४२ पुगेको छ। जसको रकम ४२ अर्ब ४८ करोड रहेको छ।