नेपाल इन्भेस्टमेन्ट बैंक (एनआईबीएल)ले ‘सर्वश्रेष्ठ साझेदार–२०१९, कम आय भएका आईडीए देशहरू,दक्षिण एसिया’ का रुपमा सम्मान पुरस्कार’ प्राप्त गरेको छ।
विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्तीय निगम (आईएफसी)बाट ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम (जीटीएफपी)अन्तर्गत इन्भेस्टमेन्टले नेपालबाट सर्वाधिक परिणामको व्यापार लगानीका लागि उक्त पुरस्कार प्राप्त गरेको हो।
आईएफसीले नेपालको व्यापार लगानी (ट्रेड फाइनान्स)को प्रबद्र्धनका लागि नेपाल इन्भेस्टमेन्ट बैंकसँग साझेदारी गरेको छ।
जसबाट बैंकले स्थानीय उद्यमीहरूका लागि सहयोग बढाउने र अन्तर्राष्ट्रिय व्यापारका अवसरहरू वृद्धिमा सहयोग पुर्याउन सकेको छ।
ट्रेड फाइनान्सको सहयोगले देशका ठूला (कर्पोरेट) र साना तथा मझौला उद्यम क्षेत्रलाई उनीहरूको विश्वव्यापी व्यापारको हिस्सा बढाउन र विश्वव्यापी अभिकर्ता बैंकहरूको फराकिलो दायराबाट मान्यता पाउन सक्षम बनाउने विश्वास लिइएको छ।
एनआईबीएलले आफ्ना ८२ शाखा, १२४ एटीएम, १७ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूबाट सेवा दिदैं आएको छ।