नेपाल क्लियरिङ हाउस (एनसीएचएल)लाई ‘सर्टिफिकेट अफ मेरिट’बाट सम्मानित गरिने भएको छ।
एनसीएचएललाई सफा बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड सन् २०१८ का लागि सार्वजनिक क्षेत्रको विधातर्फ ‘सर्टिफिकेट अफ मेरिट’ प्रदान गरिने भएको हो।
दक्षिण एशियाली राष्ट्रहरुबाट सार्वजनिक गरिएको वार्षिक प्रतिवेदनका आधारमा साउथ एसियन फेडेरेसन अफ एकाउन्ट्यान्ट सफा समितिद्वारा पारदर्शितामा सुधार, उत्तरदायित्व तथा सरकारलाई मूल्यांकन गरेर विभिन्न विधामा अवार्ड प्रदान गरिने भएको छ।
सफाले सो अवार्ड ढाका, बंगलादेशमा ३० नोभेम्बरमा आयोजना हुने कार्यक्रममा हस्तान्तरण गर्ने भएको छ।
यसअघि एनसीएचएलद्वारा सार्वजनिक गरिएको वार्षिक प्रतिवेदनले इन्सिच्युट्स अफ चाटर्ड अकाउन्ट्यान्ट अफ नेपाल (आईक्यान) द्वारा संचालित बिपीए अवार्डमा दोस्रो स्थान हासिल गरेको थियो।
त्यसपछि सो वार्षिक प्रतिवेदनलाई आईक्यानले सार्क क्षेत्रभरी मुल्याकंनका लागि सफामा पठाएको थियो।
एनसीएचएलले भुक्तानी तथा फर्छौटको क्षेत्रमा गरेको काम र वित्तिय डिस्क्लोजर तथा पारदर्शिताप्रति प्रतिवद्धताको सम्मानस्वरुप उक्त अवार्डलाई लिएको छ ।