बिहीबार बाँकेमा थप २२ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको छ।
भेरी अस्पताल नेपालगन्जमा गरिएको पिसिआर परीक्षणका क्रममा समुदायका २२ जनामा संक्रमन फेला परेको कोरोना फोकल पर्सन नरेश श्रेष्ठले सेतोपाटीलाई बताए।
उनीहरू २२ वर्षदेखि ७० वर्ष उमेर सम्मका व्यक्तिहरु छन्।
संक्रमित मध्ये ७ जना महिला र १५ जना पुरुष रहेका छन्।
त्यसमा पनि कोहलपुरका २२ र २४ वर्षका दुई युवा छन् भने अरू सबै नेपालगञ्ज उपमहानगरपालिकाका भित्रका विभन्न वडाहरूका छन्।
बिहीबार भेरी अस्पतलामा गरिएको पिसिआर परीक्षणका क्रममा सुर्खेत जिल्लाका ३ जना र बर्दियाका ५ जना गरि कुल ३० जना नयाँ संक्रमित फेला परेका थिए।
जिल्ला कोरोना फोकल पर्सन श्रेष्ठका अनुसार हालसम्म बाँकेमा कुल संक्रमितको संख्या ६ सय ८५ पुगेको छ। त्यसमध्ये ६ सय ३५ जना निको भएर घर फर्कि सकेका छन् भने अब ५० जना आइसोलेसनमा उपचाररत रहेको श्रेष्ठले जानकारी दिए।
ती मध्ये तीन जनाको भने मृत्यु भइसकेको छ।