२०८१ सालको अन्तिम साता हामी, बाबा–छोरा काठमाडौंबाट दिल्लीको यात्रामा थियौं।
तीन महिनापछि दिल्ली विश्वविद्यालयमा पिएचडी अध्ययन गर्दै गरेकी रासिकालाई भेट्दै थियौँ। पारिवारिक भेटमा हामी धेरै खुसी थियौं।
छोराले मामु पाएको थियो, बाबाले जीवन साथी भने रासिकाले हामीलाई।
दिल्ली विश्वविद्यालयको एक हप्ताको बसाइँ एक मिलिकमै सकियो।
मलाई श्रीलंकामा रिजनल ल्याङ्गवेज कन्फरेन्स र रासिकालाई कोर्सकै सेमिनारमा मुम्बई जानुपर्ने थियो। म कोलम्बोबाट सिधै काठमाडौं फर्कने भएकोले छोरो मसँगै जाँदै थियो।
लङ्कासँग मेरो पुरानो चिनजान थियो। १० वर्ष पहिले, जुन समयमा म फ्रेस मास्र्टस ग्रयाजुएट थिएँ। विद्यालयमा पढाउँदा स्कुल लर्निङ एक्सचेन्ज प्रोग्राममा श्रीलङ्का भ्रमण गर्ने मौका पाएको थिएँ।
इन्दिरा गान्धी एयरपोर्टबाट प्लेन टेकअफ गरेको केहीबेरमा एयर होस्टेसले इन फ्लाइट मिल सर्भ गर्न थाले। सुमितले फ्लाइटमा दिएको खाना इन्जोए गर्याे। मूभी हेर्न जाँदा पनि, ऊ मूभीभन्दा पनि पपकर्न र जुसमा इन्जोए गर्छ। हाम्रो सिटको ठिक उल्टोतिर बसेका ट्विन्स जस्ता देखिने दुई भाइ आफ्नो मामुसँग थिए। फरक रङ तर उस्तै डिजाइनको हाफ टिसर्ट र बरमुडा सर्ट्समा क्युट देखिन्थे। लन्च खाएको केहीबेरमा, अर्को तिरका ट्विन्स बेबीहरूले स्टोरी बुक निकालेर पढ्न थाले। सुमितले पनि हेर्दै थियो बेलाबेलामा।
'बबा हेर्नुस् त त्यो बुक, मैले पढिसकेको छु। मे आइ टेल दि स्टोरी?'
यसो हेरेँ, दुबैले पढ्दै थिए, एउटा त ठम्याउन सकिनँ, अर्को चाहिँ, जोनाथन मेयरजको दि वोल्र्ड अफ नर्म रैछ। उनीहरूले बुक पढ्दा त्यसको कभर देखेको रैछ।
सुमितले अघिल्लो टर्म ब्रेकमा त्यो बुक ल्याएको थियो र उसलाई पढ्न सघाउँदा मैले पनि पढेको थिएँ, कथा फन्नी छ। जोनाथन मेयरज, बेस्ट सेलर अथरको रूपमा चिनिन्छन् र यहाँ प्रमुख पात्र नर्मको बिर्सने बानी, उसको रमाइलो चरित्र र तस्बिर सहितको कथा भएकोले यो बुक बच्चाहरूले धेरै मन पराउँछन्।
मध्यरातपछि चेन्नई टु कोलम्बोको बोर्डिङ पास २ बजेर ४० मिनेटमा खुल्यो। मेघगर्जन सहित पानी परिरहेको थियो। ठूलो पानी परेकाले, निदाएको सुमित पनि उठिसकेको थियो।
नेपाली नयाँ वर्षमा बिहानी सूर्यको सुनौलो दर्शन, त्यो पनि आकाशमै। छोरो सुतिरहेको थियो। उठाउन खोजेँ, मानेन। प्रकृतिको यो अनुपम दृष्य, अनमोल थियो। झण्डै डेढ घण्टाको त्यो फ्लाइट ढिलो गरी उडेको थियो जसले यो गर्दा यो अनमोल दृष्य आफ्नै आँखाले कैद गर्ने मौका मिल्यो।
आयोबोवान! श्रीलङ्काको पर्यटकीय नगरी क्यान्डीमा हुन गैरहेको अंग्रेजी भाषाको क्षेत्रीय सम्मेलनमा यहाँहरूलाई स्वागत छ भनेर लेखिएको व्यानर थियो।
दक्षिण एसियाबाट केही क्षेत्रीय शिक्षाविदहरूले प्यानल छलफल र आफ्नो कार्यपत्रको प्रस्तुति दिएका थिए। अंग्रेजी भाषा शिक्षणमा पर्यावरणीय विषयवस्तुको उठानमा मैले पनि कार्यपत्रको प्रस्तुति दिएको थिएँ, यो प्रस्तुतिमा सहभागीहरूले राम्रो चासो देखाएका थिए। कतिपयले पर्यावरणीय मुद्दा उठाएकोमा धन्यवाद पनि दिए।
सेमिनार सकेर १७ तारिख क्यान्डी बजार अनि रोयल बोटानिकल गार्डेन घुमेर हामी कोलम्बो फर्कियौं। होचा लाग्ने पहाडका सुरूङ हुँदै क्यान्डी टु कोलम्बोको रेलयात्रा एकदमै आरामदायी थियो। राति छोरो निदाइसकेको थियो तर म निदाउन सकिरहेको थिइनँ। दिउँसैदेखि मनमा एउटै कुरा खेलिरहेको थियो, जाफ्ना।
कोलम्बोदेखि जाफ्नाको ४०० किलो मिटरको यात्रामा मेरो मन गाडीभन्दा अघि अघि कुदिरहेको थियो। दिउँसोको करिब १ बजे, ७ घण्टाको बस यात्रामा जाफ्ना पुग्यौँ। पुरानै होटलमा गएँ, उही चौंथो तल्ला। कौसीबाट सहर नियाले अनि पारिको समुद्र र त्यसको आडैमा रहेको जाफ्ना फोर्ट। दृष्य कम्ता मनमोहक थिएन। भोक पनि लागेको थियो, फ्रेस भएर रेष्टुरेण्ट गएँ। इटालियन मार्घेरिटा पिज्जा अर्डर गरेँ, जुन मैले पहिलो पटक यहीँ खाएको थिएँ। जाफ्ना सहर श्रीयानीको होम टाउन थियो। श्रीयानी भनेपछि मलाई मार्घेरिटा पिज्जाको याद आउँछ, मार्घेरिटा पिज्जा भनेपछि श्रीयानीको सम्झना!
'आकाश, डु यु नो अबाउट दि स्पेसियालिटी अफ मार्घेरिटा पिज्जा?
'सरी श्रीयानी, आइ डन्ट नो अबाउट इट। आइ ह्याभन्ट इभन टेस्टेड इट।'
'सो, टुडे यु विल ह्याभ स्पेसल टेस्ट अफ इट। दिस रेष्टुरेन्ट इज फेमस फर मार्घेरिटा पिज्जा।'
'स्योर, आइ वुड लब द्याट।'
'लेट मि टेल यु मोर अबाउट इटालियन मार्घेरिटा पिज्जा। इट इज बिलिभ्ब्ड टु नेम्ड आफ्टर क्विन मार्घेरिटा। इन एट्टीनएट्टीनाइन क्विन भिजिटेड टु नेपअल्स ह्वोएर सि इनज्योड दि पिज्जा एण्ड नेम्ड एज मार्घेरिटा पिज्जा। मार्घेरिटा पिज्जा ह्याज थ्रि टपिङ ह्वीच रिफर्स टु थ्रि कलर्स अफ इटालियन फ्ल्याग। दोज थ्रि कलर्स आर टोमेटो सअस एज रेड, मोजरेल्ला चिज एज ह्वाइट, एण्ड ब्याजल एज ग्रिन।'
'सर, हेयर इज योर।'
मेरो अर्डर आइसकेको थियो। पिज्जा मिठो थियो। मनमा धेरै कुराहरू खेलिरहे। त्यही ठाउँ थियो जहाँ १० वर्ष पहिले पिज्जाका धेरै कहानीहरू सुन्दै मैले श्रीयानी र उनका सहकर्मीसँगै स्न्याक्स खाएको थिएँ। श्रीयानीका बाबा र भाइ इटाली थिए, उनी आफ्नो आमासँगै श्रीलङ्कामै बस्थिन्। इटालीमा बाबाको पिज्जा रेष्टुरेण्ट भएको र बाबाले निकै मिठो पिज्जा बनाउने कुरा सुनाउँथिन्।
'आकाश, आइ विस् आइ कुड फिड यु मार्घेरिटा पिज्जा फ्राम माइ फार्दस ह्यान्ड मेड' भनेकी थिइन्। खैर त्यो दिन कहिल्यै आएन।
श्रीयानी बिहानीको घामजस्तै न्यानो, साँझको हावाजस्तै शान्त थिइन्। झट्ट बोली नहाल्ने, बोल्दा पनि बोलेको भन्दा पनि नबोलिएका कुरा बुझ्नु पथ्र्यो। उनी मलाई पोएटिक लाग्थ्यो। तीन दिनको बसाइँमा, मैले उनको हातमा किताब देखेँ, आँखामा कविता। उनीसँगको त्यो कवितात्मक क्षण छोटो, मिठो र स्मरणीय थियो। जाफ्नामा ती तीन दिनको बसाइँमा, पहिलो दिन उनकै विद्यालयमा अवलोकन तथा साक्षात्कारमै व्यस्त भयौं, दोस्रो दिन श्रीयानीकै सक्रियतामा जाफ्ना विश्वविद्यालय, प्रतिष्ठित ख्रिस्चियन विद्यालय र जाफ्ना बजार घुम्यौं र तेस्रो दिन बिहान उनकै विद्यालयको फेयरवेल लन्च अनि दिउँसो बिस्तारमा घुमेका थियौं। विशाल नल्लुर कंदश्वामी मन्दिर, जाफ्ना फोर्ट, समुद्री तट अनि बेलुका फेयर वेल डिनर।
त्यहाँ हामीले आ–आफ्ना सौख अनि करियरका कुरा गर्यौं। मलाई आफू औसत लाग्ने कुरामा पनि उनले सम्भावनाका दृष्टि दिन्थिन्। आफैलाई गर्व महसुस गराउँथिन्। म कुहिरोभित्र हराइरहँदा, उनी कम्पास बनेर बाटो देखाए जस्तो लाग्थ्यो।
पिज्जा सकेर ब्ल्याक टी अर्डर गरेँ। श्रीलङ्काको सिलोन टि विश्वमै प्रसिद्ध चिया रहेको छ। भोलि बिहानै कोलम्बो फर्किनु थियो। त्यसैले मैले आजै जाफ्ना किल्ला र नजिकैको समुद्री तट घुम्ने सोचेँ।
जाफ्ना फोर्ट एकदमै व्यापक छ। संरक्षण गरिराखेका तोप, गोलाहरू, समुन्द्रसँगै जोडिएका अग्ला अग्ला किल्लाका धेरै मोटाइ भएका भित्ताहरू देख्दा अनौठो लाग्छ। पौराणिक कालका भत्किसकेका भवनहरू र विभिन्न डिजाइनका डुंगाको सचित्र व्याख्याले धेरै कुरा बुझ्न सजिलो हुन्थ्यो। यो जाफ्ना किल्ला आफैमा एउटा इतिहास रहेछ, राम्रो संरक्षण पनि थियो। यो किल्ला सन् १६१८ मै बनेको रहेछ। पछि त्यसलाई डचले अझै बढाएको र युद्धमा व्यापक प्रयोग गरेको थियो। मेरा विगतका स्मृतिहरू एक एक गर्दै उप्किरहेका थिए।
जाफ्ना फोर्ट नजिकैको समुद्री तटमा चिसो हावा जोडले चलिरहेको थियो। यसै मेरो मनमा तातो प्रश्न आयो।
'श्रीयानी, डिउरिङ माइ स्कुल डेज आइ युज्ड टु हियर अबाउट श्रीलङ्कन सिभिल वार, क्यान यु प्लिज सेयर द देन मोमेन्ट?'
'डेफनेट्ली इट वोज हरिबल। इट् वोज रियल्ली हार्ड टाइम फर अल अफ अस्।'
'या वार इज रियल्ली अ टफ टाइम। इन नेपाल, वि टु ह्याड सिभिल वार फर टेन इयर टेकिङ मोर द्यान सेभेनटिन थाउजेन्ड लाइफ।'
'सरी टु हिएर द्याट, इज द्याट माओइस्ट इनसरजेन्सी एगेन्स्ट गर्भमेन्ट? आइ हर्ड समह्वोर अबाउट इट। वार इज अलवेज पेनफुल, लेट्स स्किप इट, आइ फिल लाइफ गोइङ ब्याक टु दोज पेनफुल मोमेन्ट।'
सूर्य पश्चिमतिर ढल्किरहेको थियो, छिट्टै समुन्द्रमा विलिन हुँदै थियो। सूर्यको सुन्तले रङले वरपरको बादलमा पोखिएर सुन्दर आकृतिहरू बनाएको थियो। समुन्द्रको छल्किरहेको नुनिलो पानीमाथि त्यही सुन्तले रङले ९० डिग्रीको रेखा बनाएको थियो। त्यही रेखाले हामीलाई पनि छोएको थियो।
हामी क्षितिजसँग जोडियौं, हामी दिव्य भएको थियौं। समुद्री तटको हावामा निस्फीक्री उडेको कपाललाई मिलाउँदै, श्रीयानीले अलिक ठूलो स्वरमा केही भनिन्।
आकाश, सि द नेचर आर्ट, इट्स अ क्लाउड ड्रिफ्ट लाइक क्यानभास ड्रिम्ज, किस्ड जेन्ट्ली बाइ दि गोल्डेन ब्रस अफ दि सन्। आइ लब रिकलिङ जोन किट्स हियर।
दाउ स्टिल अनर्याभीस्ड ब्राइड अफ क्वाइटनेस
दाउ फोस्टर चाइल्ड अफ साइलेन्स एण्ड स्लो टाइ
म श्रीयानीलाई सुनेर अवाक भएको थिएँ। घोत्लिँदै म उनका ती टर्टस सेल ग्लासभित्र पसेर उनका आँखाहरूलाई नियालिरहेँ।
'हेलो आकाश, ह्वेर आर यु? लेट मि हियर यु, हाउ डु फिल अबाउट दुयाट क्लाउड आर्ट?
श्रीयानी, आइ उड र्यादर से,
ह्र्ड मेलोडिज आर स्वीट, बट दोज अन हर्ड
आर स्वीटर, देरफोर ई सफ्ट पाइप प्ले अन
ओ गड, आएम इमप्रेस्ड भन्दै श्रीयानी वाइल्ड एक्सटेसी हाँसोमा पोखिइन्। खै किन मलाई त्यो वाइल्ड एक्सटेसी हाँसो सुन्दर लाग्यो र मभित्र एउटा चुपचाप तर गहिरो कम्पन चलिरह्यो।
'सो यु लब रिडिङ जोन किट्स,' श्रीयानीले सोधीन ।
यस आइ इन्जोए गोइङ थ्रु हिज पोएम। इक्वल्ली आएम इमप्रेस्ड विद हिज आइडियाज अन पाओर अफ इम्याजिनेसन, बिउटी एण्ड ट्रुथ।
जोन किट्स मलाई प्रिय लाग्ने कवि हुन्। उनका कविताहरू धेरै मनपथ्र्यो, उनको अउड अन अ ग्रिसियन अर्न मन परेको कविता हो।
रोमान्टिसीजमवादमा विश्वास राख्ने किट्सको कल्पनाशीलताले मलाई लठ्ठै पार्छ। श्रीयानीलाई जोन किट्सका कविताहरू धेरै मन पर्दोरहेछ। किट्सका कल्पलनाशीलतामा हामी धेरैबेर गफिएका थियौं।
हेर्दाहेर्दै सूर्यको डल्लो सुटुक्क समुद्रभित्रै हराइसकेको थियो। तीन दिनको बसाइँ सकिएको थियो। बेलुका हामी, श्रीयानी र उनका साथी सँगै रेष्टुरेण्टमा फेयर वेल डिनरमा सामेल भयौँ।
तीन दिनको त्यो जाफ्ना बसाइँ अविस्मरणीय थियो, सिकाइ अनि आत्मीयता झनै सुन्दर। मलाई अझै सम्झना छ, फेयर वेल डिनरबाट छुट्टिँदा त्यो पल साह्रै निरस थियो। मैले आँखा लुकाउँदै, बेला बेला श्रीयानीलाई हेर्थे, उनी शान्त अनि केही सोचिरहे झैं लाग्थ्यो। मलाई पनि केही बिर्से जस्तो, केही मनमै रहे जस्तो लागिरह्यो।
समाप्त