राजकुमार राव तथा श्रद्धा कपुर स्टारर सस्पेन्स हरर फिल्म 'स्त्री'ले रिलिजको १६ औं दिनमा बलिउडको मानक कमाइ सय करोड भारुको आँकडा पार गरेको छ।
योसँगै 'स्त्री' यस वर्ष सय करोड कमाउने ९ औं फिल्म बनेको छ। फिल्म २४ करोड भारूको बजेटमा निर्माण भएको हो।
रिलिजको दिन फिल्मले ६.८२ करोड भारूको कमाइ गरेको थियो। पहिलो सातामा ६०.१४ करोड भारू कमाइ गरेको फिल्म रिलिजको दोश्रो सातामा ३५.१४ करोड कमाउन सफल भयो।
त्यसअघि रिलिज भएको 'गोल्ड'ले पनि सय करोड कमाइ गरेको थियो। यस वर्ष बलिउडमा अप्रिल तथा जुलाई महिना छाडेर हर महिना कम्तीमा एक फिल्मले सय करोडको आँकडा पार गर्न सफल भएका छन्।
'स्त्री' फिल्म एक सत्य घटनामा आधारित भएको बताइन्छ। फिल्म अमर कौशिकको डेब्यू फिल्म हो।