दक्षिण भारतीय अभिनेता प्रभास अभिनीत फिल्म 'द राजा साब' को टिजर सोमबार सार्वजनिक गरिएको छ।
मारूतिको लेखन तथा निर्देशनमा बनेको यो हरर कमेडी विधाको फिल्म हो।
अभिनेता प्रभास यो फिल्ममार्फत लामो समयपछि रमाइलो चरित्रमा फर्किएको टिजरमा देखिन्छ।
टीजी विश्व प्रसाद निर्माता रहेको फिल्ममा प्रभाससहित मालविका मोहनन, निधि अग्रवाल, रिद्धि कुमार, सञ्जय दत्त लगायतको अभिनय छ।
'द राजा साब' लाई यस वर्षको तेलुगु भाषाको सबैभन्दा प्रतीक्षित फिल्महरू मध्ये एक मानिएको छ।
फिल्म डिसेम्बर ५ मा विश्वव्यापी रिलिज हुनेछ।