डोटीको आदर्श गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका गणेशबहादुर खड्का विजयी भएका छन्।
खड्काले ३७७३ मत प्राप्त गर्दै जित हात पारेका हुन्। उनको निकटतम प्रतिद्वन्द्वी एमालेका डम्बरबहादुर ओलीले ३३७७ मत प्राप्त गरे।
उपाध्यक्षमा नेपाली कांग्रेसका लक्ष्मी धामी विजयी भएकी छन्।
लक्ष्मीले ३६७४ मत प्राप्त गरिन् भने उनको निकटतम प्रतिद्वन्द्वी जानकारी शाही अड्काले ३३८९ मत प्राप्त गरे।
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९, २१:२६:००