मोरङको कटहरी गाउँपालिका अध्यक्षमा कांग्रसका देवराज चौधरी विजयी भएका छन्।
उनले ६५६५ मत ल्याएर जित हात पारेका हुन्।
निकटतम प्रतिस्पर्धी एमालेका सुभाषकुमार सरदारले ५६८२ मत ल्याए।
उपाध्यक्षमा भने एमालेकी सीतादेवी राजवंशी विजयी भएकी छिन्।
उनी ५८४६ मत ल्याएर विजयी हुँदा कांग्रेसकी मंजिता सरदारले भने ५७०५ मत प्राप्त गरिन्।
प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९, १४:०५:००