वीरगन्जको नारायणी अस्पतालको एनआइसीयू वार्डको स्टोरमा आगलागी भएको छ।
मंगलबार बिहान करिब ४ बजेतिर अस्पतालको प्रसूति गृह भवनको तस्रो तल्लामा रहेको एनआइसीयूको स्टोरमा आगलागी भएको हो।
आगलागीबाट स्टोरमा रहेका सामानहरूजलेको अस्पतालका सूचना अधिकारी डाक्टर उदयनारायण सिंहले जानकारी दिए।
‘आगो छिट्टै नियन्त्रणमा आएकोले कुनै अप्रिय घटना हुन पाएन, बाल विभागमा भर्ना भएका बिरामीलाई अर्को विभागमा सारेर उपचार भइरहेको छ,’ उनले भने।
स्टोर कोठामा बिजुलीको तार सर्ट भएर आगो लागेको हुन सक्ने आशंका रहेको उनले बताए।
आगो वीरगन्ज महानगरपालिकाबाट गएको वारुण यन्त्रको मद्दतमा निभाइएको थियो।
आगलागीबाट भएको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको पनि उनले बताए ।