सल्यानको छत्रेश्वरी गाउँपालिकामा एमालेले जित हात पारेको छ। एमालेका अध्यक्ष उम्मेदवार ओजकुमार बुढाथोकीले नेपाली कांग्रेसका उम्मेदवार केशबहादुर विष्टलाई १२६९ मतले हराएका हुन्।
बुढाथोकीले ३८९२ मत ल्याएर विजयी हुँदा विष्टले भने २६२३ मत पाएका छन्। बुढाथोकी यसअघिको निर्वचनमा पनि अध्यक्ष उम्मेदवार थिए। त्यतिखेर नेपाली कांग्रेसका सन्तोष केसीसँग उनी पराजित भए। त्यतिबेला सन्तोसले २९२२ ल्याउँदा बुढाथोकीले २७०२ प्राप्त गरेका थिए।
उपाध्यक्षमा पनि एमालेले नै जितेको छ। एमालेकी उम्मेदवार वुद्धकुमारी खत्रीले ३३८२ मत ल्याएर उपाध्यक्षमा निर्वाचित भएकी छन्। उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिता गिरीले ३०४६ मत ल्याएकी छन्।
प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९, १८:१४:१०