सानिमा बैंक लिमिटेडले ललितपुरको मंगलबजार र बालकुमारीमा बैंक कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।
मंगलबजार कार्यालयको समुद्घाटन ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्याल र ज्यापू समाज ललितपुरका अध्यक्ष तीर्थ लाल महर्जनले एक समारोहकाबीच गरेका थिए।
यस्तै बालकुमारी कार्यालयको समुद्घाटन ललितपुर महानगरपालिका वडा नं ८ का अध्यक्ष हेम महर्जन, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोज बहादुर न्याछ्यं र बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यले गरेका थिए।
समुद्घाटन समारोहमा सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि धन्यवाद दिए।
सानिमा बैंकको देशका सातै प्रदेशमा ११४ कार्यालय र ९७ वटा एटिएम सञ्चालनमा रहेका छन्।