ज्योती विकास बैंक र सिप्रदी ग्रुपअन्तर्गतको अर्थमुभस बीच कर्जा सम्झौता भएको छ। अब ग्राहकले टाटाहिटाची खरिदको लागि बैंक मार्फत ७० प्रतिशत सम्म कर्जा कर्जा प्राप्त गर्नेछन्।
सम्झौता पत्रमा ज्योती विकास बैंकका नायब महाप्रबन्धक शुशिल कुमार शमा र सिप्रदी अर्थमुभसका नायब महाप्रबन्धक राजेन्द्रकार्कील हस्ताक्षर गरेका छन्।
बैंकको देशभरि फैलिएका १ सय २ वटै शाखाबाट उक्त सवारी कर्जा सेवाको लाभ लिन सकिनेछ।