सिटिजन्स बैंकले महानगरीय प्रहरी परिसर, ललितपुरलाई ३ थानमोटर साईकल हस्तान्तरण गरेको छ।
महानगरीय प्रहरी परिसर, ललितपुरमा आयोजितएक कार्यक्रमका बीच बैंकले ‘समुदाय— प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत मोटरसाइकल प्रदान गरेको हो।
सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सहयोग गरिएको बैंकले जनाएको छ। यस्तो सहयोगबाट ‘प्रहरी मेरो साथी’को भावना वृद्धि हुने बैंकको दावी छ।
बैंकका देशभर ८२ वटा शाखा, ७८ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग इकाई संचालनमा छन्।