लक्ष्मी बैंक लिमिटेडबाट निष्कासित २ अर्ब मूल्य बराबरको ‘१० प्रतिशत लक्ष्मी बैंक डिबेन्चर, २०८६ को बाँडफाँड सम्पन्न भएको छ।
नबिल इन्भेष्टमेन्ट बैंकिंङ लिमिटेड विक्री प्रबन्धक रहेको सो ऋणपत्रमा शत प्रतिशत आवेदन प्राप्त भएको थियो।
कूल निष्कासित २० लाख कित्ता ऋणपत्रमध्ये सर्वसाधारणतर्फ २६५ जना आवेदकलाई माग गरेबमोजिम, ७९ हजार ९ सय ९६ कित्ता र व्यक्तिगत तवरतर्फ २३ जना आवेदकलाई माग गरेबमोजिम नै १९ लाख २० हजार ४ कित्ता ऋणपत्र जारी गरिएको हो।
ऋणपत्रको आवेदन २०७६ साल असोज २३ गते सुरु भई कात्तिक २२ गते समाप्त भएको थियो।
लक्ष्मी बैंकको केन्द्रिय कार्यालय, हात्तीसारमा एक कार्यक्रमकाबीच आइतबार उक्त डिबेन्चर बाँडफाँड सम्पन्न गरिएको छ।