क वर्गको वाणिज्य बैंक सिटिजन्स बैंक इन्टरनेसेनलले सहयोगी विकास बैंकलाई एक्वायर गर्ने भएको छ। यस सम्बन्धि अन्तिम सम्झौतामा हस्ताक्षर भएसँगै सिटिजनले सहयोगी विकास बैंक एक्वायर गर्ने निश्चित भएको हो।
सिटिजन बैंकको तर्फबाट सञ्चालक तथा मर्जर तथा प्राप्ति समिति संयोजक प्रवलजंग पाण्डे र सहयोगीका तर्फबाट डिल्लीप्रकाश घिमिरेले हस्ताक्षर गरेका छन्।
साधारणसभाबाट पारित भएर नेपाल राष्ट्र बैंकको स्वीकृति पाएछि एकिकृत कारोबार हुने छ।
प्राप्तपछि सिटिजनसँग ८३ अर्ब २४ करोड ऋण लगानी ७३ अर्ब ९९ करोड रुपैयाँ हुनेछ भने शाखा ९९ पुग्नेछन्।