सांग्रिला डेभलप्मेन्ट बैंकले नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरेको छ।
बैंकले खाता अद्यावधिक गराएको शेयरधनीको बैंक खातामा २९ पौषदेखि नगद लाभांश जम्मा गर्न थालेको हो।
सोही दिन बैंकले सम्पन्न गरेको १५औँ वार्षिक साधारण सभाले पारित गरेको ८.९५९३ प्रतिशत नगद लाभांश करसहित शेयरधनीहरुको बैंक खातामा जम्मा गरिएको छ।
लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बैंकले पुस १५ गतेदेखि पुष २९ गतेसम्म बुक क्लोज गरेको थियो।
यसअनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुलाई लाभांश वितरण गरिएको छ।
हालसम्म लाभांश प्राप्त नगर्ने शेयरधनीलाई आफ्नो शेयर अभौतिकिकरण गराउन तथा आफ्नो हितग्राही खातामा बैंक खाता नं. अध्यावधिक गराउन समेत जानकारी गराएका छन्।
बैंकको शेयर रजिष्ट्रार एन आई बिल क्यापिटल लिमिटेड रहेको छ।