माथिल्लो पिलुवा खोला-३ जलविद्युत आयोजनामा लक्ष्मी र माछापुच्छ्रे बैंकले ऋण लगानी गर्ने भएका छन्।
दुई वाणिज्य बैंकहरुले सहवित्तीयरकण अन्तर्गत कर्जा लगानी गर्नेगरी सोमबार सम्झौतामा हस्ताक्षर गरेका हुन्। उक्त आयोजनाको निर्माण लागत ९३ करोड ७० लाख रुपैयाँ रहेको छ।
उक्त जलविद्युत् आयोजना संखुवासभा जिल्लाको सिद्धकाली र मावादिन गाविसहरुमा अवस्थित पिलुवा र सिखुवा खोलामा निर्माण हुुँदैछ।
आयोजनाको कम्पनी माबिलुङ्ग इनर्जी लि. र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिद सम्बन्धी सम्झौता २०७५ चैत १२ गते भएको थियो।
उक्त आयोजना निर्माणको लागि उर्जा मन्त्रालयबाट २०७७ साउन ९ गते विद्युत उत्पादन अनुमति प्राप्त भएको छ।
माबिलुङ्ग इनर्जी लि. लाई एशियन लाइफ इन्स्योरेन्स कम्पनी, गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एन्ड फाइनान्स लि. लगायतले प्रवर्धन गरेका छन्। माबिलुङ्गका अध्यक्ष राजेश लाल श्रेष्ठ छन्।
आयोजनामा कुल लागतको ७० प्रतिशत बैंकहरूकाे (६५ करोड ५९ लाख) र बाँकी ३० प्रतिशत कम्पनीको स्व. लगानी समान) रहनेछ।
उक्त आयोजनाको लागि लक्ष्मी बैंकको ३९ करोड ९९ लाख, माछापुच्छ्रे बैंक लि.को २५ करोड ६० लाख ऋण लगानी रहको छ।
उत्पादन क्षमता ४.९५ मेगावाट रहेको माबिलुङ्ग इनर्जीले करिब २८.४१७ गेगावाटआवर विद्युत वार्षिक रुपमा उत्पादन गरी राष्ट्र्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ।
यो आयोजना फेब्रुअरी २०२२ मा संचालनमा आउने बताइएको छ।