गत आर्थिक वर्षको नाफाबाट कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्न थालेका छन्।
हालसम्म दुई वाणिज्य बैंकसहित १ दर्जन बढी कम्पनीले लाभांश घोषणा गरेका हुन्। राष्ट्र बैंकले नगद लाभांशमा कडाई गरेपछि बैंक तथा वित्तीय संस्थाहरुले बोनस सेयरलाई प्राथमिकता दिएका छन्।
राष्ट्र बैंकले खुद वितरणयोग्य मुनाफाबाट ३० प्रतिशतसम्म मात्रै नगद लाभांश वितरण गर्न पाउने व्यवस्था गरेको छ। यस्तो नगद लाभांश २०७८ असार मसान्तमा कायम निक्षेपको भारित औसत ब्याजदरको प्रतिशतभन्दा बढी हुने छैन।
त्यस्तै खुद वितरणयोग्य मुनाफा कुल चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम भएका संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभांश वितरण गर्न नपाउने भएका छन्।
त्यस्तै २०७८ असार मसान्तभित्रमा असुल हुनुपर्ने ब्याज रकम २०७८ भदौ १५ गतेभित्र प्राप्त भएमा बैंक तथा वित्तीय संस्थाले त्यस्तो रकमलाई २०७८ असार मसान्तको आम्दानीमा लेखाङ्कन गर्न सक्नेछन्। सोही आम्दानीबाट लाभांश घोषणा गर्न सक्छन्।
बैंक तथा वित्तीय संस्थाबाहेक जलविद्युत कम्पनी र उत्पादनमूलक कम्पनीले पनि लाभांश घोषणा गरेका छन्। धेरैजसो कम्पनीले कर प्रयोजनका लागि मात्रै नगद लाभांश घोषणा गरेका छन्।
हेर्नुस् कुन कम्पनीले कति घोषणा गरे लाभांश?
कम्पनी
|
बोनस सेयर
|
नगद लाभांश
|
कुल लाभांश
|
कामना सेवा विकास बैंक
|
१८.५
|
०.९७
|
१९.४७
|
सानिमा बैंक
|
१७
|
०.८९
|
१७.८९
|
माछापुच्छ्रे बैंक
|
१३.३०
|
०.७०
|
१४
|
निफ्रा
|
|
८.५
|
८.५
|
साधना लघुवित्त
|
२५
|
१.३२
|
२६.३२
|
सानिमा माइ हाइड्रो
|
१०
|
०.५२
|
१०.५२
|
स्वरोजगार लघुवित्त
|
२५
|
|
२५
|
युनिलिभर
|
|
प्रतिकित्ता ६५० रुपैयाँ
|
प्रतिकित्ता ६५० रुपैयाँ
|
फस्र्ट माइक्रोफाइनान्स
|
१०
|
०.५३
|
१०.५३
|
डिप्रोक्स लघु्वित्त
|
२०
|
१.०५
|
२१.०५
|
अरुण भ्याली हाइड्रोपावर
|
१०
|
०.५२
|
१०.५२
|
नेपाल ल्यूब आयल
|
३०
|
५
|
३५
|
रुरु जलविद्युत
|
१०
|
१०.५२ (आब ०७६/७७)
|
२०.५२
|