वैदेशिक रोजगार व्यवसायी संघले मलेसिया जानुअघि नेपाली कामदारमाथि स्वास्थ्य परीक्षणको नाममा अनावश्यक ठगी भएको भन्दै त्यस्ता संस्थालाई कारबाही गर्न माग गरेको छ।
आर्थिक भार पर्नेगरी स्वास्थ्य परीक्षणमा सिन्डिकेट लादिएको भन्दै संघले त्यस्ता संस्थाको कारबाही रोक्का गर्न माग गरेको हो।
भिएलएन, ओएससी, आइएससी लगायत बायोमेट्रिक संस्थाहरुलाई कारबाही गर्नुपर्ने भन्दै संघले श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टसमक्ष माग प्रस्तुत गरेको छ।
तत्कालीन प्रभु शाह सभापतित्वको श्रम समितिले अनाधिकृत ढंगले नेपाली श्रमिकबाट रकम अशुल्ने बायोमेट्रिक मेडिकलको कामकारबाही रोक्का गरी छानविन गर्ने निर्देशन भएको संघले स्मरण गरेको छ।
श्रम तथा रोजगार मन्त्रालयले मलेसिया जाने श्रमिकलाई ६ महिना परीक्षणको लागि ६ बुँदे अवधारणासहित लागू गर्न दिएको व्यवस्थालाई अहिले पनि अवैधानिक रुपमा चलाइरहेको संघको दावी छ। ति संस्थालाई कारबाही नगरिए कडा रुपमा प्रस्तुत हुने संघले चेतावनी दिएको छ।
प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०७५, ०६:४९:०६