Setopati साहित्यपाटी
Subscribe Setopati
बिहीबार, कात्तिक १३, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

प्रश्न

बसन्त ढुंगाना `यात्री`

बसन्त ढुंगाना `यात्री`

बसन्त ढुंगाना 'यात्री'।
बसन्त ढुंगाना 'यात्री'।

एक धर्को सिन्दुरको लागि कोही
आफ्नो मूल्यवान् जीवन बेच्छन्
रंगीन जिन्दगी बिताउन कोही
त्यै धर्को अडिने सिउँदो किन्छन्
यहाँ सिन्दुरको महत्व जीवन बेच्नेलाई थाहा होला
जीवनको महत्व चैं सिउँदो किन्नेलाई थाहा होला कि नहोला?

कसैको अलिकति मुस्कान किन्न यहाँ
कोही आफ्ना सपनाको घाँटी रेट्छन्
कोही आफ्नो सपनामा गहना थप्न यहाँ
नक्कली मधुर मुस्कान बेचिदिन्छन्
यहाँ सपनाको घाँटी रेट्नेलाई त मुस्कानको मूल्य थाहा होला
नक्कली मुस्कान बेच्नेलाई सपनाको मूल्य थाहा होला कि नहोला ?

अलिकति पैसा किनेर इच्छा जमाउन
कोही आफ्ना रगत पसिना बेच्छन्
कोही आफ्ना पैसाको चाङ-चाङ बढाउन
तिनैका रगत र पसिना किन्छन्
यहाँ पैसाको महत्व अपूरा इच्छालाई थाहा होला
त्यो चाङ बढाउनेलाई पसिनाको मोल थाहा होला कि नहोला?

शिक्षा किनेर शिक्षित बन्न बनाउन
कोही आफ्ना सम्पत्ति र सपना बेच्छन्
कोही भने आफ्नै धन र चाहना किन्न
रंगीन शिक्षाको देखावटी पसल थाप्छन्
शिक्षा किन्नेलाई त त्यसको महत्व थाहा होला
ती शैक्षिक दलालहरुलाई शिक्षाको अर्थ थाहा होला कि नहोला?

आफ्नो स्वाश्थ्य किन्नलाई यहाँ
थुप्रै छन् ऋणका भारी बढाउने
धनका भकारी बढाउनलाई यहाँ
धेरै छन् स्वास्थ्यका पसल थाप्ने
ऋणको भार स्वास्थ्य किन्नेलाई त थाहा होला
ती स्वास्थ्यका व्यापारीलाई यो कुरा थाहा होला कि नहोला?

घर परिवार धान्नलाई यहाँ
आफ्नै जवानी बेच्छन् कोही
जवानीको रस किन्नलाई यहाँ
श्री सम्पत्ति नै सक्छन् कोही
जवानी बेच्नेलाई त घरको महत्व थाहा होला
रस किन्नेलाई जवानीको महत्व थाहा होला कि नहोला?

प्रकाशित मिति: सोमबार, साउन १२, २०७७  १२:०९
सिफारिस
जेनजी युवा र राजनीतिक दलका नेताहरू पहिलो पटक आमनेसामने, जेनजीले उठाए यी ५ कुरा
जेनजी युवा र राजनीतिक दलका नेताहरू पहिलो पटक आमनेसामने, जेनजीले उठाए यी ५ कुरा
'हेर्दै जानुहोस्, हामी के के गर्दै छौं? हिजो थन्क्याएका फाइल खुलाउँदै छौं'
'हेर्दै जानुहोस्, हामी के के गर्दै छौं? हिजो थन्क्याएका फाइल खुलाउँदै छौं'
प्रतिनिधिसभा विघटनविरूद्ध तर्क गर्ने वकिलहरूलाई न्यायाधीशले सोधेका प्रश्न
प्रतिनिधिसभा विघटनविरूद्ध तर्क गर्ने वकिलहरूलाई न्यायाधीशले सोधेका प्रश्न
एकीकृत समाजवादी सिंगै एकतामा आउने देखिएको छैन: नारायणकाजी श्रेष्ठ
एकीकृत समाजवादी सिंगै एकतामा आउने देखिएको छैन: नारायणकाजी श्रेष्ठ
केन्द्रीय समितिले महाधिवेशनको मिति नतोके विशेष महाधिवेशन प्रक्रिया अघि बढाउने कांग्रेस महामन्त्रीद्वयको चेतावनी
केन्द्रीय समितिले महाधिवेशनको मिति नतोके विशेष महाधिवेशन प्रक्रिया अघि बढाउने कांग्रेस महामन्त्रीद्वयको चेतावनी
प्रधानन्यायाधीश राउतले अधिवक्ता नेपाललाई भने- हेक्का राख्नुस्, तपाईंको कुरा आपत्तिजनक छ
प्रधानन्यायाधीश राउतले अधिवक्ता नेपाललाई भने- हेक्का राख्नुस्, तपाईंको कुरा आपत्तिजनक छ
प्रतिक्रिया दिनुहोस्

विचार

अमित ढकाल
स्वर्णिम वाग्लेसँग बहस– प्रदेशसभा किन खारेज गर्ने? किन चाहियो प्रत्यक्ष निर्वाचित कार्यकारी? अमित ढकाल
रमेश अधिकारी
फागुन २१ मा मौसमका कारण चुनाव फलामको चिउरा! रमेश अधिकारी
डा. मुकेशराज काफ्ले
यसरी बदलिँदै छन् हिमतालहरू डा. मुकेशराज काफ्ले
अमित ढकाल
नेपालका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी कति ठिक – बाबुराम भट्टराईसँग बहस अमित ढकाल

ब्लग

दिपक भट्ट (प्रकाश)
ऊ खुलेको वेदकोट, ऊ भुलेको वेदकोट! दिपक भट्ट (प्रकाश)
अर्जुन मोहन भट्टराई
मोफसलको भाइटिका! अर्जुन मोहन भट्टराई
बिमल घर्ती
हजुरआमा: पीडाको पहाडमा फुलेको ममता! बिमल घर्ती
नरेश के.सी.
उफ्! दाउन्नेको सडक भन्नेहरूलाई 'मिस्टिक ट्रयांगल' नरेश के.सी.

साहित्यपाटी

प्रल्हाद ढकाल
जनइच्छा! प्रल्हाद ढकाल
विदुर दाहाल
उहिले मलाई जागिरबाट निकाल्ने ससुरा-बा अहिले मेरै सहायक! विदुर दाहाल
सुन्दर पन्त
खै त मेरो देश? सुन्दर पन्त
संजोक तिमल्सिना
म किसान! संजोक तिमल्सिना

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP