Ncell
Setopati
x
Samsung
Setopati
x
Samsung
Uniliver1
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
शुक्रबार, चैत ६, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Nmb
Nmb

ऐना...

Royal Enfield
Royal Enfield
प्रतिमा भण्डारी

प्रतिमा भण्डारी

gibl
gibl
gibl
gibl
प्रतिमा भण्डारी।
प्रतिमा भण्डारी।
Tata box 1
Tata box 1

एकाबिहानै आँगनमा एक सुरमा बसी भाडा माझ्दै थिइ माया। कतैबाट केही झरेको आवाजले उसको एकाग्रता भंग भयो। उ झसंग झस्किइ र यताउता नजर डुलाइ। हात पखाली धोतीको सप्कोले हात पुछ्दै गेट बाहिर पुगी। सानो हाते ऐना फेला पारी।

मनमनै भनी 'ऐना पो रहेछ।' भुइँबाट टिपेर हातमा लिइ यसो आफ्नो अनुहार नियाल्दै मुस्कुराउँदै भित्र छिरी।

कोठा भित्रबाट छोरा कुद्दै बाहिर निस्किदै भन्यो 'आमा हेर्नुस् त, मैले घोडाको चित्र बनाको कस्तो छ?’

‘ओहो! कति राम्रो बनाएछ बाबुले त। ल तिमी खेल्दै गर है, म भाडा माझेर माम पकाउँछु।’

‘हस् आमा’ भन्दै छोरा खेल्न कुद्यो। अनि भेटिएको ऐना कोठाको दैलो नजिकै भुइँमा राखेर अघि बीचैमा माझ्न छोडिएको जुठो भाडा समाउन पुगी।

बिहानको हतारो सधैँ यस्तै हो मायालाई। खाना बनाउने, छोरालाई स्कुल पुर्याएर आफू काममा जान भ्याइ नभ्याइ नै हुन्छ तर आज बिदाको दिन अलि फुर्सदमै छे माया।

चार वर्षको छोरा र नौ महिनाकी छोरीसँगै एउटा सानो कोठा भाडामा लिइ बसेकी छ माया। उसको श्रीमान् विदेशीएको लगभग ७ महिना जति भयो र उनी आफू एउटा सहकारीमा पैसा उठाउने काम गर्न थालेकी पाँच महिना जति भयो। कोठाको भाडा, छोराको पढाइ खर्च र घर खर्च श्रीमानको खाडी मुलुकको कमाइले थेग्न नसक्ने भएपछि यसो छोरी बोकेर डुल्दै गर्न मिल्ने काम पाएकी छे मायाले। घर खर्च जेनतेन पुर्याएकी छे।

बिदाको दिन आज शनिबार, माया घरमै बच्चाहरुसँग समय बिताउने दिन। ढिला गरी खाना बनाइ र घर धन्दा सिध्याएर, छोराछारी नुहाई, कपडा धोई काम सकाई बिछ्यौनामा पल्टिई। यसो निदाउन लागेकी थिइ झल्यास्स बिउझ्यायो अघि भेटिएको ऐनाको सम्झनाले। जुरुक्क उठेर बाहिर निस्की अघि राखेको ठाउँमा हेरी।

त्यही रहेछ ऐना अनि कोठा भित्र ल्याइ आफ्नो अनुहार हेरी मुसुक्क मुस्कुराइ। निधारमा लगाएको रातो मखमलको टिका बाङ्गो भएको रहेछ, ऐना हेरेर मिलाइ।

Ncell
Ncell

झरेको ऐना चर्किएको थियो। मनमनै भनी 'फुटेको ऐना हेर्न हुन्न अलच्छिने लाग्छ भन्छन् तर यो कुन नयाँ कुरो हो र मेरो लागि! के लच्छिन भाको छ र!' भन्दै ऐनालाई सुम्सुमाउँदै मुस्कुराइ।

'कति दिन भैसकेको रेहेछ मैले आफूले आफूलाई नहेरेको' भन्दै मुस्कुराउँदै ऐना हेर्दै आफैलाई प्रश्न गरी।

‘कस्तो छ्यौ माया? सन्चै छु म, ठिक छु।’

अनुहारमा छरिन आएका केशहरुलाई समेट्दै एकटकले ऐना हेरी आफैसँग बात मार्न थाली।

'कति सुन्दर थिएँ 'म' कलेज पढ्दा, सबले प्रशंसा गर्थे। कलेज छुट्ने बेला गेट अगाडिदेखि घर नपुन्जेलसम्म दुई/चार जना केटाहरु सधै जसोपछि लाग्थे। मानौँ जागिर नै खाए सरी, हाजिर लगाउन आउथे। आफूलाई भने डर, कोही आफन्तले देख्ला की भनेर।

अनि डरसँगै मिसिएको आनन्द पनि। मलाई देख्न र भेट्नका लागि पछि लागेकाले कुनै फिलिमको हिरोइनलाई जस्तै। लाग्थ्यो आफू एकादेशकी सुन्दर राजकुमारी अनि ती केटाहरु मेरा बाले खटाएका पहरेदार। हा हा हा….’

मायाको मनमा दोहोरी नै चल्न थाल्यो।

‘के भयो माया हँ! विवाह, बच्चा, जिम्मेवारी यी सब कुरामा हराइ सक्यौँ। तिमीसँग त आफ्नो लागि खुसी हुने समय पनि छैन माया। महिलाको अर्को नाम र पहिचान सुन्दरता पनि हो, थाहा छ मलाई। म आमा हुनुभन्दा अगाडि एउटा केटी थिएँ नि। परापूर्वकालदेखि नै सुन्दर हुनु एउटा केटी मान्छेको हक होनी हैन र! अनि त्यो हक मेरो भागमा पनि त छ नि, छैन र!

एउटा राम्रो ऐना पनि छैन यो घरमा त। केटाकेटीले खेलेर फुटाईदिएका थिए। अर्को ल्याउन सकेकी छैन।‘

यस्तै कुरा मनमा खेलाउँदै पुराना फोटोको एल्बम निकालेर हेर्न थाली।

फेरि मनमनै कुरा गुथ्न थाली। ‘कोही आएर ऐना हेर्न माग्दा छैन भन्दा पनि हाँस्छन् होला। केटी मान्छे भाको घरमा एउटा ऐना नि छैन भनेर। एउटा ऐना त किन्न पर्यो बरु दुई/चार दिन खाजा नखाऔँला’ भन्दै मुस्कुराउँदै फेरि त्यही फुटेको ऐना र्हेन थाली।

आफ्नो अनुहार आफैलाई सुन्दर लाग्यो उसलाई अनि ऐनामा आफैलाई चुम्बन गरी र सम्झिन थाली कलेजका दिनहरु।

उसलाई असाध्यै नृत्य गर्न मन लाग्थ्यो र धेरै पटक स्कुल, कलेजमा नृत्य गरी थुप्रै पुरस्कार जितेकी थिइ। उसको लक्ष्य कुशल नृत्याङ्गना हुने थियो र नृत्यलाई नै पेशा बनाउने सपना। त्यही सोचले मायाले प्रमाणपत्र तहको अध्ययनमा नृत्य बिधालाई प्रमुख बिषय बनाएकी थिइ। तर अल्लारे उमेर अनि सही निणर्य लिन नसक्ने अवस्थामा नै घर परिवारको सहमति बिना नै मायाले विवाह गरी।

विवाहपछि विस्तारै सपनाहरु तुहिदै गए अनि छोराछोरी, जिम्मेवारीले गर्दा माया अब आफ्नै पहिचान बिर्सेर बाँचेकी थिइ। आज भेटिएको ऐना नियाल्दा मायालाई आफ्नो अतितका दिनहरुको स्मरण गराईरहेको छ र कता कता ओझेलमा परेको आफ्नो अस्तित्व र पहिचान खोज्न मन लागेको छ।

विगतको सम्झनाको मौनतालाई भंग गर्दै फेरि मनमा के आयो, बिछ्यौनाबाट जुरुक्क उठी र छोरीको लागि बनाएर राखिएको गाजलको डब्बा निकाली। आफ्नो आँखाको कोसमा लगाइ, ऐना हेरी। झन् सुन्दर लाग्यो आफू उसलाई।

गलामा पोतेको डोरो, निधारमा रातो मखमली टिका र ठूला ठूला आँखामा लगाएको कालो गाजलले आफू धपक्क बलेको पूर्णिमाको जून झै भएको महशुस भयो मायालाई र कलेजमा सिकेको नृत्यको सम्झनाले घच्घच्यायो र जुरुक्क उठेर कथ्थक नृत्य गर्न थाली। त्यतिकैमा छोरा आयो, आमा नाचेको देखेर उफ्री उफ्री ताली बजायो।

उ टक्क अडिइ। उस्को छोराको ताली हजारौ दर्शकको ताली झै लाग्यो अनि उस्को सानो कोठा एउटा ठुलो रंगमञ्च। फेरि कल्पनाको संसारबाट बाहिर आइ, अगाडि उभिएर ताली बजाउँदै गरेको छोरासँग हल्का लजाइ अनि छोरालाई अंगालोमा लिएर गालामा म्वाई खाइ र लामो सास तानी। अब मायालाई नयाँ ऐना किन्ने रहर तीव्र रुपमा मनमनै मडारियो र कुद्दै खुत्रुक्के राखेको ठाउँमा पुगी। खुत्रुके फुटाएर छोराछोरी बोकी ऐना किन्न बजार पुगी।

बजारमा कति राम्रा राम्रा श्रृंगारका साधनहरु, मनै लोभ्याउने तर मायालाई मात्र चाहिएको थियो ऐना।

ऐना पसल पुगेर ‘भाइ एउटा राम्रो ऐना देखाउनुस् न।’

‘भित्र आएर हेर्नु न दिदी।‘

माया- कति राम्रा राम्रा ऐना रहेछन्।

पसले- ऐना त साधारण नै छ सबै तर ऐना हेर्ने मान्छे सुन्दर हुनुपर्छ दिदी। हजुर जस्तै अनि ऐना पनि हेर्ने मान्छेसँगै सुन्दर भईदिन्छ।

‘म त्यस्तो सुन्दर छु र भाइ, निर्जीव ऐनालाई नै सुन्दर देखाइ दिने।’

‘हो दिदी, सुन्दर हुनु हुन्छ। यी दुई नानीहरुको आमा भैसक्दा पनि। झन् पहिला कति राम्री हुनुहुन्थ्यो होला है।’

पसले भाइको बखानलाई बेवास्ता गर्दै साइज साइजको ऐनाहरुको माझमा बसी माया मख्ख परी र सबैभन्दा ठूलो ऐना देखाउँदै सोधी-

‘यो ऐनाको कति हो भाइ?’

‘यो छ सय पर्छ।’

‘ओहो! कति महँगो रहेछ। यो अलि ठूलो पनि छ। मेरो त एउटा कोठा छ, यो ठूलो ऐना राख्ने ठाउँ पनि छैन। अलि सानो लानु पर्ला। फेरि छोराछोरी बोकेर आको छु। म एक्लैले यो ठूलो ऐना लान पनि सक्दिनँ।’

‘हैन दिदी, भिनाजुलाई बोलाउनु न त। उहाँले बोकेर लगि हाल्नु हुन्छ नि।’

‘उहाँ हुनु हुन्न यहाँ, छोराछोरीको लागि दुध किन्ने पैसा कमाउन जानु भाको छ।’

‘उसो भए भिनाजु कामबाट फर्केपछि सँगै लिएर जानु न त।’

माया हाहाहा हाँस्दै ‘उहाँ छोरी दुई महिनाकी हुँदा जानु भाको हो भाइ।’

पसले एकछिन सोच्न बाध्य हुन्छ मायाको कुराका भाव बुझ्न अनि ‘ओहो दिदी! हजुरले त आफ्नो दुःखलाई पनि फरक ढंगबाट परिभाषा दिनु भयो। निकै पढ्नु भाको छ जस्तो लाग्यो त। मैले झन्नै नबुझेको हजुरको कुरा।’

‘अक्षर चिनेकी छु। के गर्नु भाइ, केटाकेटी साना-साना छन्। यिनीहरु आफूलाई समाल्न सक्दैनन्, त्यसैले आफूले आफैलाई सान्त्वना दिंदै निडर बनाउनु पर्दो रहेछ।’

‘ल दिदी, यो ठूलो ऐना पाँच सयमा लैजानुस्।’

‘मसँग त चार सय ८० मात्र छ।’

‘हुन्छ दिदी, प्याक गरी दिन्छु है?’

‘हुन्छ।’

ऐना छान्दा छान्दै सँगै भएको छोरा कता गएछ भन्दै अतालिंदै माया यताउता हेर्न थाली। ऐना पसलसँगै बच्चाहरुको खेलौना पसल जोडिएको रहेछ। छोरा त्यही खेल्दै रहेछ र माया लिन पुगी। मायालाई आफ्नो अगाडि देखेर छोरा खुसी हुँदै भन्न थाल्यो- ‘आमा आमा, हेर्नुस न बिहान मैले बनाएको चित्र जस्तै घोडा रहेछ। मलाई किनीदिनुस् न आमा।’

‘हुन्न बाबु, त्यो तिमीले बनाएको जस्तो राम्रो कहाँ छ र! भोलिपर्सी फेरि बजार आको बेला योभन्दा नि राम्रो किनी दिउँला। जिद्धी नगर बाबु’ भन्दै छेराको हात समातेर तान्दै यता ऐना पसल तिर लेराइ। छोरो रुन कराउन थाल्यो काठको घोडाको माग गर्दै।

ऐना प्याक भैसकेको रहेछ।

‘दिदी लिनु तपाईको ऐना जतनले लानु होला।’

पैसा निकालेर ठिक्क पारेकी मायाले पैसा ब्याग भित्र हाल्दै भनि ‘होस् भाइ, म पछि आउँला यो 'ऐना' अहिले लग्दिनँ है।’

‘किन दिदी अझ घटाई दिन्छु नि, प्याक गरीसके लानु न।’

‘होस् भाइ धन्यवाद्! र माफ गरी दिनु है, दुख दिए मैले।’

यती भनि माया सरासर छोराछारी लिएर खेलौना पसलमा छिरी। छोरालाई काठको घोडा किनेर आफ्नो कोठा तिर लागी।

समाप्त

प्रकाशित मिति: बिहीबार, असोज १, २०७७  ११:३८
सिफारिस
हातको घाउ ड्रेसिङ गर्न गएका थिए, फर्किएर आएनन्
हातको घाउ ड्रेसिङ गर्न गएका थिए, फर्किएर आएनन्
पढ्न गएका विनोद जोडिए परिकारसँग, बेलायतमा खोल्दै छन् मःम उद्योग
पढ्न गएका विनोद जोडिए परिकारसँग, बेलायतमा खोल्दै छन् मःम उद्योग
पहिले समानुपातिकबाट चुनिएनन्, यसपालि चुनाव जितेर बने सांसद
पहिले समानुपातिकबाट चुनिएनन्, यसपालि चुनाव जितेर बने सांसद
आर्थिक समस्याले खेलबाट सन्न्यास लिएकी बडी–बिल्डर रजनी बनिन् सांसद
आर्थिक समस्याले खेलबाट सन्न्यास लिएकी बडी–बिल्डर रजनी बनिन् सांसद
सिस्ने हिमालले १२ वर्षदेखि कुरेको अन्तिम फैसला!
सिस्ने हिमालले १२ वर्षदेखि कुरेको अन्तिम फैसला!
श्रीमानलाई शवगृहमा रगताम्मे देखेपछि
श्रीमानलाई शवगृहमा रगताम्मे देखेपछि
Mit
Mit
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

साहित्यपाटी

छोरी!
प्रिय गाउँ, तिमीलाई पुरानै स्वरूपमा हेर्न मन छ!
बसमा भेटिएको अपरिचित मानिस!
सम्बन्ध!
उद्रिएका सपनाहरू!
अब यो देश कविले बनाउँछ!
ime money transfer
ime money transfer

विचार

डा. मित्र परियार
समानुपातिक निर्वाचनमा किन भयो एकल जातीय दलित क्लस्टर? डा. मित्र परियार
योगेन्द्र चापागाईं
नयाँ सरकारले विद्यालय शिक्षामा के कस्ता परिवर्तन गर्नुपर्छ? योगेन्द्र चापागाईं
राजुप्रसाद चापागाईं
'ब्यालेट विद्रोह' का ६ सन्देश राजुप्रसाद चापागाईं
रमेश अधिकारी
बहुमतका लागि बाधक होइन निर्वाचन प्रणाली रमेश अधिकारी

ब्लग

विवेक जोशी
साइबर सुरक्षा: विश्वासको खेलमा नेपाली युवा! विवेक जोशी
मदन रोकाया
नयाँ सरकारसँग अपांगता समुदायको अपेक्षा मदन रोकाया
अनुप पुडासैनी
भू–राजनीतिक तनाव र नेपालमा मल आपूर्ति संकटको सम्भावना! अनुप पुडासैनी
प्रभा बराल
प्रियसँग जामाचो यात्रा! प्रभा बराल
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

जगत बोहरा
बसमा भेटिएको अपरिचित मानिस! जगत बोहरा
Hardik
Hardik
मनोजकुमार कँडेल
सम्बन्ध! मनोजकुमार कँडेल
side bar 17- shivam inner
side bar 17- shivam inner
श्याम गैरे
उद्रिएका सपनाहरू! श्याम गैरे
दिपेश पराजुली
अब यो देश कविले बनाउँछ! दिपेश पराजुली

केटाकेटीका कुरा

ओजस्वी गौतम
प्रिय बा! ओजस्वी गौतम
अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP