Ncell
Setopati
x
Nammi
Setopati
x
Nammi
Uniliver1
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
शुक्रबार, फागुन २२, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

सावित्री 

Nmb
Nmb
ममता पन्त मिश्र

ममता पन्त मिश्र

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

पूरै रातो रङमा सजिएकी थिई ऊ, रातभर बेपर्वाह नाचेकी अनि निर्धक्क हाँसेकी।

सायद क्षणिक स्वतन्त्रताको उन्मुग्ध अभ्यास गरिरहे’थी। आँखामा केही सन्ताप थिए, मुस्कानमा केही जलन र पनि ऊ त्यहाँ मगनझैं देखिन्थी। सावित्री। सावित्री रे उसको नाम। नाम परिचित नभए पनि चिरपरिचितझैं थियो उसको अनुहार सायद कतै देखेकी थिएँ उसलाई।

हाँस्न र बाँच्न अनि स्वतन्त्र भई आफ्ना रहरहरूलाई साकार गर्ने चाहना कसको नहोला? त्यहीँ स्वतन्त्रताका लागि लालाहित थिए उसका आकांक्षाहरू पनि।

मानिसका चाहनाहरू जब बन्द पिञ्जडाभित्र निसासिन्छन्, तब आवाजहरू विद्रोह भई मनभित्र गुञ्जन्छ। ती विद्रोहका आवाजहरू कतै क्रोध बनी विस्फोट हुन्छ, कतै विष बनी भित्रभित्रै फैलिएर जीवनलाई सखाफ पार्छ।

‘सधैं उदास र त्रसित देखिने सावित्री आज त क्या निर्धक्क नाचेकी,‘ कोही भन्दै थिए उसको उन्मुग्ध नाच हेरी। अनि कोही भन्दै थिए, ‘मरिसकेकी ऊ, आज फेरि बौराएझैं भा’छे।’

अर्की हाँस्छे, ‘कसले निम्ता गरेछ कुन्नी? यसको त यो जमघटमा कोही साथी छ जस्तो लाग्दैन। तर नाच जस्तो सुकै भए पनि नाच्न चाहिँ यसरी नाचेकी छ कि लाग्छ उसले कसैलाई देखेकी छैन। निर्धक्क डुबेकी छ गीतको शब्द शब्दमा अनि सायद भुल्न खोजी रै’छ आफूलाई त्यहीँ नाचको तालमा।’

‘अहिले आफूलाई भुलि रै’छे। भरे बुढो र सासूले ध्वस्न पारे’सी यहाँ नाचेको चाहिँ सबै भुल्छे।’

Premier
Premier

वरिपरिका सबै आइमाइहरू गलल्ल हाँस्छ्न्।

उपहासका तरंगहरू उसको कानमा नठोक्किएका होइनन् तर ऊ बेवास्ता गर्छे।

Ncell
Ncell

भन्छन् नि, अचानोको पीडा खुकुरीलाई के थाहा? यिनीहरू जस्ता पाखण्डी नारीहरूमा अरूलाई बुझ्न सक्ने क्षमता नै कहाँ? तर विधिको विधान पनि अचम्मकै छ। यी पनि नारी अनि म पनि। ममा पनि दोष त के थियो र? तर भाग्यले बेग्लै हामी।

यिनीहरूलाई के’था सधैं मरेझैं जिउँदा जीवन कति दर्दनाक हुन्छ भन्ने? आधुनिक समाजका अत्याधुनिक सोख सयलका प्याला पिउनेहरू! तर अपसोच! म जस्तो रित्तो मानिसको खिल्ली उडाउँछन्!

एकपल्ट म जस्तै हारेर जिऊन् अनि म जस्तै एक घुँट खुसी पिउन तिजको दरमा आफन्तको निम्ता कुरेर बसून्, अनि थाहा हुन्छ आफ्नो इज्जत बनाउन परिवारलाई ढाँटेर अरूको भोजमा ‘बिन बोलाए मेंहमान बनी पसी’, बेइज्जती खेप्नुको कुन मज्जा हुन्छ? विवशतामा मानिसले आत्मसम्मान, लाज सबै पचाउँछ। यी सोचहरू सँगै ऊ फेरि नाच्न थाल्छे।

उसको नृत्यमा वायुपंखी घोडाको जस्तै वेग छ या भनु सन्नाटा अघिको तुफानझैं लाग्छ उसको नृत्य।

आँखामा द्रौपतीको क्रोध छ तर लाग्छ क्रोधका विषहरूले ऊ आफैं जलिरहिछे, भित्रभित्रै।

एकाएक झ्याप्प निभेको बत्तीसँगै उब्जिएको क्षणिक सन्नाटापछि स्वास्नी मानिसहरूको कोलाहल मचिन्छ।

यस्तै कोलाहलबीच फेरि फर्किएको बत्तीसँगै त्यहाँ फेरि रौनक बढ्छ, गीत घन्किन्छ अनि फेरि हाँसोको लहर तरंगित हुन्छ। तर ऊ भने सिंडरेलाको कथामा झैं त्यहीँ अन्धकारमा वायुको बेग सरी कतै हुईंकिन्छे।

अन्धकार परिवेशमा बाटाका खम्बामा झुण्डिएका धमिला बिजुली बत्तीहरू मुनि उसको आकृति छायाझैं मधुरिँदै जान्छ र केही छिनमा ऊ कुनै घरको ढोका अगाडि उभिँदै ढोका ढकढकाउँछे। ढोका खुल्दैन। ऊ गुहार्छे, ‘बिन्ती! खोल्नुस् न ढोका। म सोधेरै गएथे। ढिला पनि त भएको छैन।’

बिना गल्ती क्षमा याचना गर्ने आदत बनिसकेको छ उसको। सायद थेचरो भैसकी। अपमान, अपहेलना, चुटाइ, कुटाइ सबै जीवनका दैनिकी भैसके। त्यसैले अचेल उसलाई मानव तिरस्कार अनि दुराचारका कुनै क्रियाहरूले भयभीत, आतंकित र लज्जित गर्दैन।

बन्द ढोका उसको लागि अझै खुल्दैन। ऊ त्यहीँ चिसो चोटामा थ्याच्च बस्छे। सोच्छे, ११ वर्षको उमेरदेखि माया गर्ने राम्रो पति परोस् भनी तीजको ब्रत बसेको।

झलक्क उसको पति गोपालको सुगा-चुच्चे नाकमुनि ओढार परेको दाँत अनि खोपिल्टे आँखा उसको मनमा उत्रिन्छ। खै, के देखे बाउले त्यस्तो र मलाई यिनीसँग होमिदिए? न रूप न गुण।

ऊ लामो सुस्केरामा फेरि बाल्यकालमा पढेको सिंडरेलाको कथा सम्झिन्छे। जीवन त उस्तै हो सिंडरेलाको र मेरो। केवल सिंडरेलाले आफूलाई इज्जत र माया गर्ने सुन्दर राजकुमार भेटी तर मैले...?

मेरो लागि त दुःखको भवसागर बाहिरको जीवन त सपनाको कस्ती मात्र हो, जुन मीठा मीठा कल्पनाले त खियाउन सकिन्छ, बस् त्यति हो।

निस्तब्ध अन्धकारमा रात गहिरिँदै थियो। गल्लीका कुकुरहरू र खेतमा कराएको हाप्सिलोको आवाजले मनभित्र ऐंठन हुन्छ। ऊ फेरि ढोका ढकढकाउँछे।

गोपाल झम्टन तयार भई ढोका खोल्छ, ऊ चुपचाप आफ्नो कोठातिर लाग्छे।

घिटिक्क लगाएको ढोकाको चुकुलको आवाजसँगै गोपाल कराउँछ, ‘यही बेला हो घर आउने?’

‘भनेरै गा’थे त, रात पर्छ आउँदा भनि। अनि दर त रातमै खान्छन् नि, होइन र? त्यसमाथि पनि कति नै बज्यो र?’

‘हेर न थुतुनो?’ उसले भन्छ। ‘जिब्रोको टुपामा छ जवाफ!’

‘के बोलें र त्यस्तो?’

‘मुखमुखै लाग्छेस् तँ?’ ऊ ठूलो स्वरमा हकार्छ र तथानाम गाली गर्छ।

सावित्री उसको उछिट्टिएको दाँत अनि खोपिल्टो आँखाको क्रोध हेर्दै फेरि सोच्छे, साँच्चै। बाउले के देखेर यिनीसँग हुत्याइदिए मलाई? राम राम!

सावित्रीको एकटकको हेराइले गोपालको अभिमानमा धक्का हान्छ, ‘तँ अझै घुरेर हेर्छेस् मलाई? नकचरी!’ यति भन्दै ऊ सावित्रीलाई जथाभावी कुट्छ।

‘घरमा बिरामी सासु अनि माइत आएका नन्द आमाजू। कसैको मतलब छैन तँलाई। यत्रोबेर पछि घर आउँदा अझै जवाफ लाउछेस्?’

घरको सबै काम सेकर गएकी थिई ऊ तर यी सबै बेलिबिस्तार लाएर के फाइदा? ऊ केही नबोली बिना प्रतिरोध गोपालको चुटाइ थापिरहन्छे।

मन्दिरको भगवानलाई साक्षी राखी संरक्षण गर्ने प्रण गर्दै ल्याएका। तर सधैं बिनाकारण यसरी हातपात गर्छन्। रक्षक नै भक्षक भएपछि त भगवान पनि अन्धा र बहिरा हुँदा रै’छन्।

बिहान उठ्दा शरीर जीर्ण जीर्ण भए झै दुख्छ। झलक्क सम्झिन्छे कि मिति अनुसारको दर त भरे बेलुका पो हो। नन्द आमाजू हिजैदेखि जमिसकेका छन् घरमा।

सासू दीर्घ रोगी। त्यसैले त काम सघाउनुपर्छ भनी माइत पनि जान नदिएका। माइत जान पा’भए त हिजो उताको भोजमा ढाँटेर किन जान पर्थ्यो र?

ऊ यस्तै सोच्दै ऐना हेर्दै निलडाम छाम्छे, आइया! कस्तरी कुटेछ पापीले, निलै हुने गरी! आ! ठिकै गरेछु हिजो। आफ्नो नाच्ने र नाच हेर्ने रहर त पुर्‍याएँ। कति राम्रा थिए ती आइमाइहरू। महँगा महँगा सारी र गहनामा पुरिएका। यो कुटाय त यसै पनि खाइन्थ्यो।

॰॰॰

तिजको व्रतको दिन बेलुकी चुरा, पोते र सिन्दुरले सजिएका नारीहरूले जलाएका दीयोको उजेलोमा शिवजीको मन्दिर ज्वाजल्यमान थियो।

थुम्का थुम्का फूलका गुच्छाहरू झैं गुटगुट बनिबसेका नारीहरू तिजका मीठा मीठा गीतमा मस्त थिए।

कतिलाई तिजको व्रत सजिलै थियो। शिवजीको दर्शनपछि फलफूल र चोखो खान हुन्छ भनि आमाको मायामा छुट थियो। तर माइती जान नपाउनेलाई तिजको अर्को रन्को।

बिहानको घरको दैनिक सरसफाइ, दिउँसभरि भान्जाभान्जी र बाँकी परिवारको चाहना मुताबिकको भोजन तयार गरी सबै काम सक्काएर लोत भई, बेलुकीपख सावित्री पूजाथाली बोकी मन्दिरतिर हानिन्छे।

दिउँसोभरिको काम अनि उपवासले शरीर सिथिल थियो। रातभर आँसुमा डुबेर फुलेका आँखा उदासी थिए। परिवारको माया अनि सहानुभूति, आशाका दायरा बाहिर पर्थे। कमजोरीका चिट्चिट पसिना पुस्दै ऊ मन्दिरभित्र छिर्छे।

मन्दिर भित्रको सानो डबलीमा थूप्रै महिलाहरू रंगीचंगी पहिरनमा भगवानको भजन गाउँदै नाच्दै थिए। ऊ त्यहीँ नचिनेको हुलमा मिसिँदै जीवनको अन्तिम नृत्यझैं फेरि बेजोडसँग बेपरर्वाह नाच्न थाल्छे। सायद नृत्य उसको लागि पीडा भुल्ने एक बहाना थियो। 

बेलाबेलामा सारीको सप्को तान्दै छोप्न खोजेका उसका शरीर र अनुहारका नीलडाम हेरेर जब केही आइमाइहरूले सहानुभूतिका शब्दहरू पोख्छन्, उसको मन झन खिन्न र उदास हुन्छ।

दुःखमा मानिसलाई सहानुभूति हैन सहयोग चाहिन्छ। कसैका कठै शब्दले मानव अहंकारमाथि झन चोट पुग्न सक्छ तर सहयोगमा उठेका हातहरूले मानिसको जीवन बदल्छ।

अनायास उसका नृत्यका वेगहरू आवेगमा आउछँन्। ऊ फेरि तुफानझैं नाच्छे र एकाएक धर्मराउँदै त्यहीँ ढल्छे।

डुब्दै झरेको सूर्यले साँझ निम्त्याउँदै थियो। मन्दिरमा पूजा आराधनाको लागि भक्तजनहरूको बढ्दो घुइँचोसँगै एकनासले बजेका मन्दिरका घण्टहरू र धूपको सुमधुर सुगन्धमाझ हल्लीखल्ली मचिन्छ। केही महिलाहरू उसका आफन्त या चिनेजनेकाको खोजी गर्दै थिए।

‘अहो! सावित्री!’ अनायास एक महिलाको मुखबाट उसको नाम निस्कन्छ। उनी गुनगुन गर्दै अर्को महिलालाई भन्दै थिइन्, ‘यो त रघुवीरको घरमा काम गर्न बस्थी। बुढाले १० कक्षासम्म पढाएका थिए यसलाई।

एक दिन बुढोले यसलाई हातपात गर्न खोज्दा यसको बाउ ठ्याक्कै आइपुगेछन्। त्यसपछि  यसको बाउले रघुवीर बुढालाई त्यही मरणाशन्न हुने गरी चुटेर छोरी लग्यो रे भन्ने टोलमा निकै हल्ला थियो।’ 

उता भुइँमा ढलेकी सावित्री पहेलो हुँदै गइरहे’थी। उसका पूजाथालीका सामानहरू यत्रतत्र छरपस्ट थिए। एकैछिनमा केही समाजसेवीहरूले उसलाई उचाल्दै अलि पर लगि मुखमा पानी छर्कन्छन् र पानी पियाउने कोशिस गर्छन्।

‘ए पानी नदिनुस्, ब्रत भंग हुन्छ,’ कुनै आइमाई परबाट कराउँदै थिई, ‘एक छिनमा बौरिई हाल्छे नि।’

‘मान्छे मर्न ला’यी सक्यो ब्रत भंगको चिन्ता! अस्पताल लानुपर्छ। लौ कसैले गाडीको बन्दोबस्त गर्नुस्, छिटै। यिनी त चिसै भैसकिन्,’ यति भन्दै ती समाजसेवीहरू उसलाई लिएर जान्छन्। तर हस्पिटल पुग्नुअघि नै ऊ यो दुनियाँ त्याग्छे।

डाक्टरहरूले सावित्रीको मृत्यु शरीरमा चिनीको कमीले भएको बताउँछन्।

उसका शरीरका निलडामका रिपोर्ट आउन बाँकी नै थिए।

भोलिपल्ट खै के के प्रमाण जम्मा गरे, सावित्रीको मृत्युको विरोधमा प्रगतिशील नारीहरूको जुलुस उठ्यो।

महिला पुरूष सबै भेला भए। विद्रोहका आवाजहरू राँकिए। केही दिन पछि सावित्रीको शवको पोस्टमार्टमको रिपोर्टले ऊ मधुमय रोगले पीडित हुनुको साथै अमानवीय हिंसाको सिकार पनि भएको पुष्टि गर्‍यो।

समाजवादी नारी तथा उदारवादी पुरूषहरूको समुदायले उसको पतिलाई सजायको माग गरे।

गोपाल केही समय फरार भयो। केही दिन जुलुस चल्यो। जताततै यस घटनाको चर्चा परिचर्चा भयो। हरेक पत्रपत्रिका र युट्युब च्यानलहरूमा यो समाचार तातो विषय वस्तु बन्न पुग्यो।

तर फेरि केही दिनपछि सबै सामसुम्।

सावित्री मरेको १३ दिन पछि उसको पति गोपालले अर्को बिहे गरे। गोपाललाई सजाय दिन कुर्लेको समाज फेरि आँखामा पट्टी बाँधेर बस्यो।

‘हाम्रो धर्म र संस्कृतिको आफ्नै महिमा छ, म भन्दै थिए। ‘धर्म शास्त्र ज्ञानको भण्डार हो। धर्म शास्त्रमा भएका अपवादले परिस्थिति अनुसार चल्न अनुमति दिन्छ। तर यहाँ ज्ञानी, कुसल र उदार समाजको कमी छ। जसरी दुनियाँमा समय अनुसार हरेक कुराको सम्बोधन गरिन्छ।

त्यसैगरी धर्म र संस्कृतिको मूल्य र मान्यतलाई पनि समय अनुकूल बनाउन संशोधन गर्नुपर्छ जुन एक सभ्य समजबाट मात्र सम्भव छ।

तर अपसोच! हामीले त्यो समाज पाउन सायद अझै धेरै कुर्नुपर्छ। देशको विकट ठाउँमा अझै पनि हजारौ सावित्रीहरू सामाजिक र धार्मिक मान्यता बिच पिल्सिएर शोषण र अत्याचरको सिकार भएका छन्।

चाडपर्वको आफ्नै रौनक र महत्व छ। आफ्नो परम्परा, रीतिरिवाज र संस्कृतिको जगेर्ना गर्ने हामी सबैको दायित्व हो।

यसैले सबैलाई मिल्ने र सहज हुने गरी पर्व मनाउँदा पर्वको सधै संरक्षण हुन्छ अनि धर्म प्रति श्रद्धा, भक्ति र आस्था झन बढ्छ,’ म यस्तै भट्याई रहेथे, कुनै ठूलो समुदायबीच।

त्यहीँ समुदाय बीचबाट कसैले मलाई प्रश्न गर्छ, ‘किन? किन यी सबै धार्मिक कठिन परीक्षाहरू, मूल्य र मान्यताहरू नारीहरू माथि मात्रै लादिन्छन्, थोपरिन्छन्? किन समानताका लागि चिच्याएका आवाजहरू हाम्रो गाउँको दैलोमा आइपुग्दैनन्?

किन बदल्लिँदैन हाम्रो समाज? धर्मको नाममा किन हामी माथि मात्र शोषण गरिन्छ?’

प्रश्न क्रोधपूर्ण भावमा थियो, म प्रश्न गर्नेतिर फर्कन्छु। सावित्री! म छक्क पर्छु र छेउमा बसेको कसैलाई कोट्टयाउँदै सोध्छु, ‘त्यो सावित्री हैन? कसरी यहाँ? ऊ त मरिसकेकि हैन र?’

‘ए के भयो? के बर्बराएको? अझै हिजोको तिजको दरले छोडेको छैन कि के हो तिम्लाई?’ मेरो श्रीमानको स्वरले म झसंग बिउँझिन्छु।

‘अहो! कस्तो अचम्म! कताबाट आज सावित्रीलाई पो सपनामा देखेछु,’ मन कस्तो कस्तो हुन्छ। घडी हेर्छु, बिहान भैसकेछ। ‘साँच्ची, आज त तिज। व्रत पो छ त,’ म भन्छु।

‘मन्दिर जाऊ। पूजापाठ गर। ब्रत लिऊ तर मजाले चोखो खाएर,’ श्रीमान भन्छन्, ‘तिम्रो सुगर लो छ। भोको बस्नु हुन्न, था’छ नि। त्यसमाथि आत्मापूजा गरे परमात्मा यसै खुसी।’ एकछिनको अन्तरालमा उनी फेरि भन्छन्, आज त साँच्ची मै पो हुँ त तिम्रो परमात्मा। मैले भनेको माने यसै मोक्ष मिल्छ’, ऊ किच्च हाँस्छ।

म उसलाई हेर्छु। हृदयमा अपार श्रद्धा जाग्छ ऊप्रति।

लाग्छ, सबैको यस्तै सोचाइ भइदिए कति सावित्रीहरूले दुःखको भवसागरमा पनि खुसीको बुँध भेट्थे होलान्। अनि यो पर्वको महिमा गाउँदै धर्ती नै फाट्ने गरी नाच्दै शिवजीको आराधना गर्थे होलान्।

 

प्रकाशित मिति: शनिबार, मंसिर २०, २०७७  १६:४५
सिफारिस
काठमाडौं-८ मा रास्वपाका विराजभक्त सुरूमै फराकिलो मतान्तरले अगाडि
काठमाडौं-८ मा रास्वपाका विराजभक्त सुरूमै फराकिलो मतान्तरले अगाडि
चितवन-३ मा मतगणना सुरू हुँदै
चितवन-३ मा मतगणना सुरू हुँदै
कुलमान घिसिङलाई काठमाडौं-३ मा सुरूआती अग्रता, दोस्रो स्थानमा राजु पाण्डे
कुलमान घिसिङलाई काठमाडौं-३ मा सुरूआती अग्रता, दोस्रो स्थानमा राजु पाण्डे
सुरू भयो काठमाडौं-७ को मतगणना
सुरू भयो काठमाडौं-७ को मतगणना
भक्तपुर-२ मा सर्वदलीय बैठक सकियो, आजै राति मतगणना
भक्तपुर-२ मा सर्वदलीय बैठक सकियो, आजै राति मतगणना
काठमाडौं ९ मा आजै मतगणना सुरू हुने
काठमाडौं ९ मा आजै मतगणना सुरू हुने
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

हे वसन्त! त्यो हाम्रो तीव्र आकर्षण थियो कि प्रेम?
निस्तब्धताको उज्यालो क्षण!
खहरे खोला!
पञ्च वर्षीय नतिजा!
बा!
अद्भुत तिमीले यो अनुभूति दियौ!
ime money transfer
ime money transfer

विचार

नर्बदा घिमिरे
ताज होटल र डस्टबिनको जुत्ता नर्बदा घिमिरे
केशव दाहाल
२१ वटा जिल्ला पुगेर हामीले मतदातालाई सोध्यौं– घोषणापत्र पढ्नुभयो? केशव दाहाल
विजयमणि पौडेल र नरोत्तम अर्याल
चार राजनीतिक दलले शिक्षामा के के गर्न खोजे? विजयमणि पौडेल र नरोत्तम अर्याल
शंकर दाहाल
छिरिङको गाउँमा लागेको चुनावी हावाहुरी! शंकर दाहाल
garima bikash bank
garima bikash bank

ब्लग

दिनेश अधिकारी 'नयाँघरे'
भोटको मौसम, भरोसाको खडेरी! दिनेश अधिकारी 'नयाँघरे'
National life inner
National life inner
अमर अधिकारी
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना! अमर अधिकारी
अर्जुन मोहन भट्टराई
मेरो एक भोटको दम! अर्जुन मोहन भट्टराई
श्रद्धा अर्याल जोशी
सायद म काठमाडौंको होइन! श्रद्धा अर्याल जोशी
mukti
mukti

साहित्यपाटी

मुकुन्द कृष्ण थापा
पञ्च वर्षीय नतिजा! मुकुन्द कृष्ण थापा
Hardik
Hardik
मोहन थापा
बा! मोहन थापा
side bar 17- shivam inner
side bar 17- shivam inner
रमा दुलाल
अद्भुत तिमीले यो अनुभूति दियौ! रमा दुलाल
विदुर दाहाल
जसलाई बिर्सेको थिएँ, अब उसकै घरमा कसरी बस्न जाऊँ! विदुर दाहाल

केटाकेटीका कुरा

अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP