Setopati साहित्यपाटी
Subscribe Setopati
शुक्रबार, भदौ २७, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

म को?

शान्तिदीप रायमाझी

असोज ५

मेरो खोजी गर्दै गरेको म
मलाई खोज्दै गरेको म
म खोज्दै गरेको म
हामी भिडको एक म
हामी भित्रको एक म
आज
हिजो झैं
अझै
म खोज्छु मलाई
हराएको छु यतै कतै
आफैभित्र
छु एउटा
देखिन्छ अर्कै चित्र

अभिनय लाग्छ आफ्नै व्यवहार
अनौठो संस्कार
कस्तो छस् सोध्छ संसार
आरामै छु भन्छु
लुकाउँदै विफलता, त्यो हार
म कुन हुँ?
देखिने
कि
लुकेको
दम्भले फुलेको
कि
नरम झुकेको
मान्छेहरू पिच्छे फरक छ व्यवहार
फरक रंग,
रुप,
फरक सार
देखाउँदा देखाउँदै
नभएको आफ्नो नौलो अनुहार
बिर्सन्छु म कुन हुँ कमजोर
या, दमदार !
म 'म' हुँ तर कुन म?
अघि भर्खरै आफ्नो काम गराउन चिल्लो घस्नेवाला म कि
अरुलाई हिलो छ्याप्नेवाला म
कि आफू बाहेक अरु नदेख्ने, नबुझ्ने, नसुन्ने म?
मैले मलाई नचिन्न सक्छु
किनकी
म
धेरै रुप धारण गर्ने असाधारण मान्छे
धेरै प्रतिरुप भएको
तर स्वरुप गुमाएको म

म मान्छे
मान खोज्ने मान्छे
भान पार्ने मान्छे
सान झार्ने मान्छे
खेल खेल्ने मान्छे
तेल खोज्ने मान्छे
झेल रोज्ने मान्छे
धेरै लवज भएको मान्छे
धेरै भाषा
परिभाषा बोकेको मान्छे
तर कुन मान्छे?
त्यो मान्छे
आफूले आफूलाई नचिनेको
हराएको
बिर्सेको
खोज्दै गरेको मान्छे म
यतैकतै कतै आफैभित्र घोत्लिरहेको म
आफ्नै खोजीमा हिँडिरहेको म
हिँडिरहेको म!

प्रकाशित मिति: बुधबार, असोज ५, २०७९  १२:००
सिफारिस
अन्तिम समयमा प्रधानमन्त्री भएपछि संसद विघटन सिफारिस गर्न तयार भइन् कार्की
अन्तिम समयमा प्रधानमन्त्री भएपछि संसद विघटन सिफारिस गर्न तयार भइन् कार्की
सुशीला कार्कीको नियुक्ति र संसद विघटनबारे यस्तो छ सहमति
सुशीला कार्कीको नियुक्ति र संसद विघटनबारे यस्तो छ सहमति
संसद विघटन गरेर सुशीला कार्कीलाई आजै प्रधानमन्त्री नियुक्त गर्ने सहमति
संसद विघटन गरेर सुशीला कार्कीलाई आजै प्रधानमन्त्री नियुक्त गर्ने सहमति
घनश्याम भूसालले गरे कम्युनिस्ट एकता आह्वान
घनश्याम भूसालले गरे कम्युनिस्ट एकता आह्वान
सुशीला कार्की र राष्ट्रपतिबीच केमा कुरा मिलिरहेको छैन?
सुशीला कार्की र राष्ट्रपतिबीच केमा कुरा मिलिरहेको छैन?
हमलाबाट यसरी जोगियो टोखा भाटभटेनी
हमलाबाट यसरी जोगियो टोखा भाटभटेनी
प्रतिक्रिया दिनुहोस्

विचार

सञ्जीव पोखरेल
यो राजनीतिक संक्रमण कसरी सम्हाल्ने? सञ्जीव पोखरेल
सम्पादकीय
सुशीला कार्कीलाई संवैधानिक विधिबाटै यसरी बनाऔं प्रधानमन्त्री सम्पादकीय
सम्पादकीय
ओली र देउवाको राजनीतिक औचित्य समाप्त सम्पादकीय
गोकर्णप्रसाद उपाध्याय
स्विडेनका 'हफिस' र १०–५ वाला हाम्रा अफिस! गोकर्णप्रसाद उपाध्याय

ब्लग

अनिता कोइराला
जीवनभित्रको म! अनिता कोइराला
शंकर पाण्डे 'मुक्ति'
जमूना टिप्न जाँदा भेटिएकी जमूना दिदीको पीडादायी कहानी शंकर पाण्डे 'मुक्ति'
मेघराज शंकर
चीनका किशोर-किशोरीहरूसँग केही घण्टा भलाकुसारी मेघराज शंकर
देव राज गौतम
एआई विकासका लागि सरकारले चालेको महत्त्वपूर्ण कदम देव राज गौतम

साहित्यपाटी

वासुदेव पन्थी ‘देवस्मृति’
ऐँठन! वासुदेव पन्थी ‘देवस्मृति’
मधु भण्डारी
छायाजस्तै ओझेल परेका ठुल्दाजै! मधु भण्डारी
निमेश ढकाल
स्वसंवाद! निमेश ढकाल
कुमाराज सुबेदी
अनिर्दिष्ट प्रतीक्षार्थी! कुमाराज सुबेदी

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP