दोस्रो चरणमा असार १४ गते निर्वाचन सम्पन्न भएका ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये ३१८ स्थानको मतगणना सकिएको छ। मतपरिणाम अनुसार नेकपा एमाले १४२ स्थानीय तहमा विजयी भएको छ। दोस्रो स्थानमा सत्तारूढ दल नेपाली कांग्रेस ११७ स्थानमा विजयी भएको छ।
तेस्रो स्थानमा रहेको माओवादीले ३७ स्थानमा जित हासिल गरेको छ। संघीय समाजवादी फोरम ७ र फोरम लोकतान्त्रिक ६ स्थानमा विजयी भएको छ। एक उपमहानगरसहित राप्रपाले ४ स्थानमा जित हासिल गरेको छ । राष्ट्रिय जनमोर्चाले २ र स्वतन्त्रले तीन स्थानमा जित हासिल गरेका छन्।
जारी मतगणनामा अहिले नेकपा एमालेले दुई उपमहानगर, ६ नगरमा अग्रता लिएको छ।
यस्तै कांग्रेसले विराटनगर महानगर, धनगढी उपमहानगर र अन्य तीन नगर र एक गाउँपालिकामा अग्रता बनाएको छ।
निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त जानकारी अनुसार, हाल ७ जिल्लाका १८ स्थानीय तहको मतगणना कार्य जारी रहेको आयोगले जनाएको छ ।
हालसम्म २८ जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य सम्पन्न भएको छ । मतगणना कार्य सम्पन्न भएका जिल्लामा प्रदेश नम्बर १ मा इलाम, ओखलढुंगा, खोटाङ, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, पाँचथर, भोजपुर, संखुवासभा र सोलुखुम्बु छन् । यसैगरी, प्रदेश नम्बर ५ मा अर्घाखाँची, कपिलवस्तु, गुल्मी, नवलपरासी, पाल्पा, दाङ, प्यूठान, बर्दिया, बाँके, रोल्पा, रुकुम छन् भने प्रदेश नम्बर ७ मा अछाम, डडेलधुरा, डोटी, दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य सम्पन्न भइसकेको जानकारी प्राप्त भएको छ । मत गणना जारी रहेका ७ जिल्लामा प्रदेश नम्बर १ मा उदयपुर, झापा, मोरङ, सुनसरी, प्रदेश नम्बर ५ मा कपिलवस्तु र प्रदेश नम्बर ७ मा कञ्चनपुर तथा कैलाली बाँकी छन् ।
माओवादी केन्द्र मोरङको रंगेलीमा अघि छ। संघीय समाजवादी फोरम एक स्थानमा अघि छन्।
झापा:-
- दमक नगरपालिका- नेकपा एमाले
- अर्जुनधारा नगरपालिका-नेकपा एमाले
- शिवसताक्षी नगरपालिका- नेकपा एमाले
- मेचीनगर नगरपालिका- नेपाली कांग्रेस
- बुद्धशान्ति गाउँपालिका- नेपाली कांग्रेस
मोरङ
- धनपालथान गाउँपालिका- नेकपा एमाले
- विराटनगर महानगरपालिका- नेपाली कांग्रेस
- रंगेली नगरपालिकानगरपालिका- माओवादी केन्द्र
सुनसरी
- ईटहरी उपमहानगरपालिका- नेकपा एमाले
- धरान उपमहानगरपालिका- नेकपा एमाले
उदयपुर
- त्रियुगा नगरपालिका- नेकपा एमाले
- वेलका नगरपालिका- नेपाली कांग्रेस
कन्चनपुर
- पुनर्वास नगरपालिका- नेकपा एमाले
- भिमदत्त नगरपालिका-नेपाली कांग्रेस
कैलाली
- धनगढी उपमहानगरपालिका – नेपाली कांग्रेस
रूपन्देही:-
- कोटहीमार्इ गाउँपालिका –संघीय समाजवादी फोरम