एमालेका पूर्व अध्यक्ष झलनाथ खनाल प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्।
इलाम-१ बाट आफ्ना निकट प्रतिद्वन्द्वीलाई १७१६७ मतले उछिन्दै उनी विजयी भएका हुन्।
पछिल्लो परिणामअनुसार खनालले ३६८०५ मत ल्याएका छन् भने उनका निकट प्रतिद्वन्द्वी कांग्रेसका भुपेन्द्र कट्टेलले १९६३८ मत ल्याएका छन्।
प्रकाशित मिति: शनिबार, मंसिर २३, २०७४, १९:३०:५३