सुर्खेत, १६ असोज ।
अनुगमनका क्रममा तीनवटा मिठाई तथा खाजा पसलमा अनुगमन गरिएको थियो। तीमध्ये एउटा लुम्बिनी मिष्ठान्न भण्डारलाई भने बयानका लागि बोलाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उत्तम शर्माले जानकारी दिए।
उनका अनुसार शिल गरिएका पसलहरुमा अत्याधिक रूपमा लापरबाही गरिएको पाइएको छ। सगुन स्वीट हाउसमा मिठाईहरूमा रंग प्रयोग गरिएको, महिनौं अघिदेखि ड्रममा राखिएको फोहर पानी ग्राहकलाई पिउन दिएको, बन्दै गरेको समोसा फोहर हाफ पाईन्टले छोपिएको, किचेन फोहर भेटिएको शर्माले जानकारी दिए।
यस्तै शिल गरिएको अर्को गौतम मिठाई पसलमा मिठाईमाथि नै मच्छर मरेको पाइएको छ। सोही पसलमा बन्दै गरेको मिठाईको कच्चा पदार्थ खुला ठाउँमा नछोपेर राखिएको अवस्थामा भेटिएको उनले बताए।
‘तीनवटा मात्र पसल अनगुगमन गर्दा पनि सबैमा साह्रै लापरबाही पाईयो,’ शर्माले भने, ‘पसलहरूले अखाद्य रंग मिलाउने मात्र होइन, ग्राहकको स्वास्थ्यमाथि अपराध नै गरेको पाईयो।’
अनुगमन गरिएका तीनवटै पसलबाट कच्चा पदार्थ, तथा आवश्यक सामग्री ल्याएर खाद्य गुणस्तर कार्यालय सुर्खेतमार्फत ल्याव परीक्षणका लागि कागमाडौं पठाइएको प्रशासकीय अधिकृत शर्माले जानकारी दिए।