काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमितको संख्या दैनिकजसो वृद्धि भइरहेको भन्दै नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले भेटवार्ता रोकेका छन्।
अत्यावश्यकबाहेक भेटवार्ता रोकेको सिंहले जानकारी दिए।
‘हाल काठमाडौं उपत्यकामा हरेक दिन कोरोना संक्रमितको संख्या अधिक मात्रामा बढ्दै गइरहेको छ,’ उनले भने, ‘अत्यावश्यक काम बाहेक भेटघाट नगरिदिनुहुन सबैमा अनुरोध गर्दछु। जटिल परिस्थितिलाई बुझेर सहयोग गरिदिनुहुनेछ भन्ने सबैमा अपिल गर्दछु।’
उनले कोरोनाबाट आफू पनि बाँच्न र अरूलाई पनि बचाउनुपर्ने बताए।