सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ प्रतिनिधि सभाबाट पारित भएको छ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले निर्णयार्थ पेस गरेको सो विधेयक बहुमतले पारित भएको हो।
यसअघि साउन २९ गते आइतबार गणपुरक संख्या नपुगेकाले प्रतिनिधि सभाबाट सो विधेयक अगाडि बढ्न सकेको थिएन।
सार्वजनिक वित्त व्यवस्थापन गर्न र वित्तीय तथा मौद्रिक नीतिबीच सामञ्जस्यता कायम गर्दै आन्तरिक तथा बाह्य ऋणको व्यवस्थापन गर्न ऋण तथा जमानतसम्बन्धी कानुनी व्यवस्थालाई संशोधन र एकीकरण गरी समयानुकूल बनाउन सो विधेयक ल्याइएको थियो।
सभामुख अग्निप्रसाद सापकोटाले सो विधेयक प्रमाणित हुने बित्तिकै लागू हुने जानकारी समेत दिए। अब यो विधेयक राष्ट्रिय सभामा जानेछ र, त्यहाँबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कानुनको रूपमा लागू हुनेछ।