नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग कुराकानी गरेका छन्।
अध्यक्ष प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार सोमबार अपराह्न उनीहरूबीच सिंहदरबारमा छलफल भएको हो।
छलफलमा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका नेता प्रमेश हमाल पनि उपस्थित थिए। समसामयिक राजनीतिक घटनाक्रमका विषयमा उनीहरूबीच कुराकानी भएको थियो।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्नुअघि अध्यक्ष प्रचण्डले माधव नेपालसँग कुराकानी गरेका हुन्।
भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरिरहेका छन् भने एकीकृत समाजवादीले भने गृहमन्त्री लेखकलाई सदनमा बोल्न दिनुपर्ने बताइरहेको छ।