धनुषाका एक जना पत्रकार कोरोनामुक्त भएका छन्। संक्रमणलाई जितेर बिहीबार डिस्चार्ज भएका हुन्।
कोरोना संक्रमणको पुष्टि भएपछि उनलाई गत वैशाख ३१ जनकपुरधामस्थित प्रादेशिक अस्पतालको आइसोलेसनमा राखेर उपचार चलिरहेको थियो।
उनको तेस्रो कोरोना टेस्टको रिपोर्ट नेगेटिभ आएपछि उनलाई बिहीबार चिकित्सकहरूको रोहबरमा डिस्चार्ज गरिएको हो।
चिकित्सक रविरञ्जन प्रसादका अनुसार उनमा अब कोरोनाको कुनै किसिमको संक्रमण नरहेको जानकारी दिए।
पत्रकारहरूले स्वेच्छाले कोरोना संक्रमण रहे/नरहेको बुझ्नका लागि पिसीआर टेस्ट गराएपछि एक जना पत्रकार र एक पुस्तक व्यवसायीमा गत वैशाख ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो।
जनकपुरधामको प्रादेशिक अस्पतालमा रहेको आइसोलेसनबाट डिस्चार्ज हुने पहिलो व्यक्ति हुन्।
उनले १८ दिनपछि कोरोनालाई जितेका हुन्।