काठमाडौं उपत्यकामा थप ४०४ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार काठमाडौंका २९४ , ललितपुरका ६२ र भक्तपुरमा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
काठमाडौं जिल्लामा सबभन्दा धेरै २९४ संक्रमित थपिएका छन्।
हाल काठमाडौं उपत्यकामा ६ हजार २५३ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौं जिल्लामा ३ हजार ३४०, भक्तपुरमा १ हजार ७८ र ललितपुरमा १ हजार ८३५ सक्रिय संक्रमित छन्।