काठमाडौंको भोटेबहालमा लागेको आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको छ।
सोमबार दिउँसो साढे तीन बजे भोटेबहालमा रहेको इलेक्ट्रिक पसलमा लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा आएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
उनका अनुसार सोमबार दिउँसो साढे तीन बजे भोटेबहालमा रहेको पसलमा आगलागी भएको हो। तीन तल्लामाथि रहेको पसलमा इलेक्ट्रिक सट हुँदा आगलागी भएको हो।
‘आगलागीबाट अन्दाजी तीन करोडको क्षति भएको पसलेले बताउनु भएको छ’, उनले भने, ‘आगलागीमा कुनै पनि मानवीय क्षति भने भएको छैन।’
आगलागी साढे चार बजे पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरी उपरीक्षक मैनालीले जानकारी दिए।
उनका अनुसार आगो नियन्त्रणमा लिन कालिमाटी प्रहरी, सशस्त्र प्रहरी खटीएको थियो। आगो नियन्त्रणमा तीन वटा दमकल र दुई वटा पानी ट्यांकर समेत प्रयोग गरिएको उनले बताए।
प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९, ०८:४४:००