इंग्लिस प्रिमियर लिग क्लब न्युकासल युनाइटेड किन्ने प्रक्रियामा रहेका साउदी अरेबियाका कम्पनीहरू पछि हटेका छन्।
न्युकासल किन्ने प्रक्रियाबाट साउदी राजपरिवारको लगानी रहेको पिसिपी क्यापिटल पार्टनर्स र रुबन बदर्श पछि हटेका हुन्।
दुई कम्पनीले क्लबका हालका मालिक माइक एस्लेसँग गत अप्रिलमा ३०० मिलियन पाउन्डमा क्लब किन्ने प्रक्रिया अघि बढाएका थिए। तर अहिले यो प्रक्रिया रोकिएको छ।
प्रक्रिया रोकिएपछि क्लबका कतिपय फ्यानले दु:ख व्यक्त गरेका छन्।
यो प्रक्रियामा साउदी राजकुमार मोहमद बिन सलमान समेत संलग्न थिए। उनले क्लबमा ठूलो लगानी गर्ने बताएका थिए।
तर पत्रकार जमाल खाग्गोसी हत्या प्रकरणमा राजपरिवार मुछिएकाले इंग्लिस क्लबको स्वामित्व साउदी अरेबियालाई दिन नहुने भन्दै बिरोध भएको थियो।