रोपियन च्याम्पियन्स लिगको लिग चरणअन्तर्गत बुधबार राति इन्टर मिलान, बायर्न म्युनिख, लिभरपुल र पेरिस सेन्ट-जर्मेन (पीएसजी) ले जित निकालेका छन्।
इटालियन क्लब इन्टर मिलानले डच क्लब अयाक्सलाई २-० ले पराजित गर्यो। इन्टरको तर्फबाट दुवै गोल थुरामले ४२ र ४७ मिनेटमा गोल गरे।
जर्मन पावरहाउस बायर्न म्युनिखले इंग्लिस क्लब चेल्सीलाई ३-१ ले पछि पार्यो। बायर्नको लागि दुई गोल ह्यारी केनले गरे। उनले २७ मिनेट र ६३ मिनेटमा पेनाल्टीमा गोल गरे।
चेल्सीका चोलोबाले २० मिनेटम आत्मघाती गोल गर्दा कोल पाल्मरले २७ मिनेटमा गरेको गोल सान्त्वनामा सीमित रह्यो।
यता इंग्लिस क्लब लिभरपूलले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडलाई ३-२ ले हरायो। लिभरपुलका लागि भान डाइकले दोस्रो हाफको इन्जुरी सयमको चौथो मिनेटमा निर्णायक गोल गरेक थिए।
त्यसअघि एट्लेटिकोका लागि लोरेन्टेले पहिलो हाफको इन्जुरी समय र ८३ मिनेटमा गोल गरेका थिए। लिभरपुलले रोबर्टसनको तेस्रो र सलाहको छैटौं मिनेटको गोलबाट सुरुवाती अग्रता लिएको थियो।
यता फ्रान्सेली टिम पेरिस सेन्ट-जर्मेनले इटालियन क्लब एटलान्टालाई ४-० को फराकिलो अन्तरले हरायो।