युरोपियन च्याम्पियन्स लिगको पहिलो चरणमा मंगलबार राति आर्सनल, रियल म्याड्रिड र टोटेनहमले जित हात पारेक छन्। युभेन्ट्स र बोरुसिया डर्टमन्डले भने चार चार गोलको बराबरी खेले।
इंग्लिस क्लब आर्सनलले स्पेनिस क्लब एथ्लेटिक क्लबलाई २-० ले पराजित गर्यो। दोस्रो हाफमा सब्स्टिच्युट खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरे। ग्याब्रियल मार्टिनेलीले ७२औं मिनेटमा पहिलो गोल गरे, र लियान्ड्रो ट्रोसार्डले खेलको अन्तिम समयमा दोस्रो गोल थपे, जुन डिफ्लेक्शनको सहायताले सम्भव भएको थियो।
यता स्पेनिस क्लब रियल म्याड्रिडले सान्टियागो बर्नबेउमा फ्रेन्च क्लब मार्सेलाई २-१ ले हरायो। मार्सेले टिमोथी वीहले पहिलो हाफको २२औं मिनेटमा गोल गर्दै अग्रता लिए। तर, रियल म्याड्रिडका किलियन एम्बाप्पेले २८औं र ८१औं मिनेटमा दुई पेनाल्टी गोल गरेर टोलीलाई जित दिलाए।
खेलको ७२औं मिनेटमा रियलका कप्तान ड्यानी कार्भाहाल रातो कार्ड पाएर मैदानबाट बाहिरिए पनि एम्बाप्पेले टोलीलाई जोगाए। यो जितले रियल म्याड्रिडलाई च्याम्पियन्स लिगमा २००औं जितको कीर्तिमान बनायो।
टोटेनहमले भिल्लारियललाई १-० ले पराजित गर्यो। खेलको चौथो मिनेटमा भिल्लारियलका गोलकिपर लुइज जुनियरले लुकास बर्गभालको क्रस सम्हाल्न नसक्दा आत्मघाती गोलभयो, जुन टोटेनहमको जितको एकमात्र गोल बन्यो।
इटालीको टुरिनमा भएको खेलमा घरेलु क्लब युभेन्ट्स र जर्मन क्लब बोरुसिया डर्टमन्डले ४-४ को रोमाञ्चक बराबरी खेले। दोस्रो हाफमा सबै आठ गोल भए।
युभेन्ट्स ४-२ ले पछाडि रहेको अवस्थामा अन्तिम मिनेटहरूमा दुसान भ्लाहोभिच र लोयड केलीले स्टपेज टाइममा गोल गर्दै बराबरी कायम राखे।