वेष्ट इन्डिजबाट खेल्ने विश्वकै सबैभन्दा भारी खेलाडीले अफगानिस्तानका ७ विकेट लिएका छन्।
भारतको लखनउमा बुधबारदेखि सुरू अफगानिस्तान र वेष्ट इन्डिज बीचको पहिलो टेष्ट म्याचमा १४० किलो तौल भएका बलर रखिम कोर्नवालले ७ विकेट लिएका हुन्।
६ फिट ६ इन्च रहेका कोर्नवालले पहिलो इनिङमा २५ ओभर ३ बलमा ७५ रन खर्चेर ७ विकेट लिएको हुन्।
२६ वर्षका अलराउन्डर कोर्नवालले गत अगष्टमा भारतविरुद्ध खेल्दै टेष्ट म्याचमा डेब्यु गरेका थिए।
डेब्यु गरेसँगै १४० किलोका खेलाडी कोर्नवालले विश्वकै सबैभन्दा भारी टेष्ट खेलाडीका रूपमा किर्तिमान राखे।
उनले क्रिकेट जीवनको विभिन्न समयमा १३३-१३९ किलो सम्म भएका अष्ट्रेलियाका वारविक आर्मस्ट्रङको रेकर्ड तोडेका हुन्।
पहिले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका वेष्ट इन्डिजले ६८ ओभर ३ बलमा अलआउट गरी १८७ रन बनाएको हो।
अहिले वेष्ट इन्डिजले ब्याटिङ गरिरहेको छ।