मलेसियामा भइरहेको एसिसी मेन्स यू-१६ इस्ट जोन कप २०२५ अन्तर्गत नेपालले समूहका सबै खेल जितेर विजेताको रुपमा चारमा पुगेको छ।
समूह 'ए' को अन्तिम खेलमा नेपालले भुटानलाई २९८ रनले पराजित गरेको हो। यससँगै नेपालले समूह चरणमा चारै खेलमा जित निकाल्यो।
यसअघि नेपालले सिंगापुर, जापान र इन्डोनेसियालाई पराजित गरेको थियो।
नेपालले दिएको ३५९ रनको लक्ष्य पछ्याएको भुटानले ३२.४ ओभरमा ६० रन मात्र बनाउन सक्यो।
उसका लागि छेसाङ दाबाले सबैभन्दा बढी १४ रन बनाए।
बलिङमा नेपालका कप्तान विपिनप्रसाद शर्माले ४ विकेट लिए। उनले १० ओभरमा ४ मेडन राख्दा ७ रन मात्र दिए। सुयोग भट्टराई र सचिन भट्टले २-२ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतिमा ३५८ रन जोडेको हो।
नेपालका लागि रौनक श्रीवास्तावले शतक प्रहार गरे। उनले अन्तिम ओभरमा आउट हुनुअघि १३२ बलमा १६ चौका र ५ छक्काको मद्दतमा १६८ रन बनाए।
जय थापाले नटआउट ६१ रन बनाए। थापाले ६७ बलमा ७ चौका प्रहार गरे।
त्यसअघि ओपनरद्वय परिमार्जन यादव २ रन र प्रसिद्ध जैशी ७ रनमा आउट भएका थिए। दुवैलाई भुटानका सांगे दर्जीले बोल्ड गरेका थिए।
त्यसपछि शिवान्स बजाइले रनआउट हुनुअघि ५४ रन बनाए भने सुगम बुढाथोकीले ३५ रनको योगदान दिए।
नेपालले समिफाइनलमा घरेलु टोली मलेसियासँग खेल्नेछ। अर्को खेलमा समूह बीको विजेता हङकङ र समूह एको उपविजेता सिंगापुरबीच खेल हुनेछ।
अब प्रतियोगिताको सेमिफाइनल असार १९ र फाइनल असार २१ मा हुनेछ।