काठमाडौंको मैतिदेवीमा सञ्चालित युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दू बर्मालाई ब्रान्ड एम्सडर नियुक्त गर्दै कक्षा ११ को व्यवस्थापन संङकायमा भर्ना गरिएको छ।
कप्तान बर्मालाई एक समारोहका बीच कलेजका प्रिन्सिपल डा. शिवदत्त ज्ञवाली, नेटवर्क डाइरेक्टर राजु टण्डन, एकेडेमिक इन्चार्ज तिर्थराज घिमिरे लगायतले स्वागत गरे।
कप्तान बर्माको नियुक्तिले खेलकुद तथा अध्ययनलाई सँगसँगै अगाडि बढाउन खोज्ने आम विद्यार्थीलाई प्रेरणाको श्रोत हुने विश्वास गरिएको छ ।
बर्मालाई शैक्षिक तथा खेल जीवनकालागि आवश्यक सबै किसिमको सहयोग गरिने प्रतिबद्धता प्रिन्सिपल डा. ज्ञवालीले व्यक्त गरे।
‘२८ वर्षलामो गौरवमय शैक्षिक इतिहास बोकेको कलेजको ब्राण्ड एम्वासाडर तथा विद्यार्थी हुन पाउँदा मलाई मेरो खेल जीवन र अध्ययनमा थप आत्मविश्वास तथा हौसला मिलेको छ, ‘ क्याप्टेन बर्माले भनिन्।
बर्मा नियुक्तिले आम नेपाली युवामा खेलकुद र शिक्षा सँगसँगै सफल हुन सक्छ भन्ने विश्वासको भावना विकास हुने आशा गरिएको छ।