निर्देशक दिवाकर भट्टराई अब सिनेमा निर्माण पनि होमिने भएका छन्।
सोमबार 'तिमीसँग हुने मन छ' सिनेमा आफ्नो निर्माण कम्पनी 'ओम नम शिवाय'को ब्यानरमार्फत विकास बोर्डमा दर्ता गरेसँगै उनी निर्माता पनि बन्ने पक्का भएको हो।
त्यसअघि उनले आफ्नी पत्नी तथा अभिनेत्री दीपिका प्रसाईंसँग पशुपति पुगेर स्क्रिप्ट पूजा गरेका थिए।
भट्टराईका अनुसार सिनेमा दशैंपछि फ्लोरमा जनेछ। सिनेमाको सम्पूर्ण छायाँकन पोखराम हुनेछ। सिनेमाको मूख्य कलाकारको टुङ्गो लागिसकेको बताउँदै भट्टराईले नाम भने केहि समयपछि सार्वजनिक गर्ने बताए।
प्रेमकथामा आधारित रहने सिनेमामा नयाँ अभिनेताले डेब्यू गर्ने बताइएको छ भने मुख्य अभिनेत्रीमा दीपिका हुने उच्च सम्भावना रहेको छ।
‘मेरो जीवन साथी’बाट निर्देशनमा डेब्यू भएका भट्टराईले त्यसयता ‘स्टुपिड मन’, ‘एश्वर्य’ र ‘क्याप्टेन’जस्ता सिनेमा निर्देशन गरिसकेका छन्।