चलचित्र विकास बोर्डले धेरै कमाउने २५ नेपाली फिल्मका निर्माताहरूलाई सम्मान गरेको छ।
सोमबार विकास बोर्ड स्थापनाको २५ वर्ष पुगेको अवसर पारेर विगत २५ वर्षमा देशभित्र धेरै कमाउने फिल्मका निर्माताहरूलाई सम्मान गरिएको हो।
कुल व्यापार ५ करोडभन्दा माथि भएका अधितकम व्यापार गर्ने पहिलो २५ फिल्मका निर्माताहरूलाई सम्मान गरिएको बोर्डले जनाएको छ।
नेपालमा सर्वाधिक कमाइ गर्ने फिल्म 'पूर्णबहादुरको सारंगी' हो। दोस्रो धेरै कमाउनेमा 'कबड्डी ४' र तेस्रोमा '१२ गाउँ' छ।
यस्तो छ फिल्मको सूची
१. पूर्ण बहादुरको सारंगी (४६ करोड ८७ लाख)
२. कबड्डी ४ (२१ करोड ४० लाख)
३. १२ गाउँ (१९ करोड ९२ लाख)
४. छक्का पञ्जा ४ (१७ करोड ५३ लाख)
५. जारी (१७ करोड ४८ लाख)
६. छक्का पञ्जा (१६ करोड १० लाख)
७. महाजात्रा (१५ करोड ६७ लाख)
८. छक्का पञ्जा ५ (१५ करोड २० लाख)
९. कोहिनुर (१४ करोड ७५ लाख)
१०. छक्का पञ्जा २ (१४ करोड ५१ लाख)
११. शत्रु गते (१२ करोड ६५ लाख)
१२. ऊनको स्वीटर (१० करोड ६२ लाख)
१३. कबड्डी २ (१० करोड ३५ लाख)
१४. बोक्सीको घर (१० करोड १० लाख)
१५. छ माया छपक्कै (९ करोड ९२ लाख)
१६. दिमाग खराब (८ करोड ९८ लाख)
१७. अञ्जिला (८ करोड ८३ लाख)
१८. परदेशी २ (७ करोड ९२ लाख)
१९. छक्का पञ्जा ३ (७ करोड ८३ लाख)
२०. प्रेम गीत ३ (७ करोड ६३ लाख)
२१. कबड्डी कबड्डी कबड्डी (७ करोड ५९ लाख)
२२. पुजार सार्की (७ करोड ३८ लाख)
२३. महापुरूष (७ करोड ३५ लाख)
२४. कबड्डी (७ करोड ३४ लाख)
२५. पशुपति प्रसाद २–भष्मे डन (७ करोड ३२ लाख)