‘प्रसाद २’ मा निश्चल बस्नेतले अभिनय गर्ने भएका छन्। यो सिनेमाका लागि हालै निश्चलले फिल्म निर्माण पक्षसँग औपचारिक सम्झौता गरेका हुन्।
विपीन कार्की र नम्रता श्रेष्ठ यसअघि नै अनुबन्धित भइसकेको फिल्म सुभाष थापाको निर्माण र सौरभ चौधरीले निर्देशनमा बन्दैछ।
दिनेश राउतले निर्देशन गरेको सिनेमा ‘प्रसाद’मा विपीन, नम्रता र निश्चलको अभिनय रहेको थियो। निःसन्तान दम्पत्तीको कथामा निर्माण भएको ‘प्रसाद’ बक्स अफिसमा सफल फिल्म हो।
‘प्रसाद २’ मा निर्देशक फेरिए पनि कलाकार भने नफेरिने भएका छन्। यो सिनेमाको कथा सञ्चारकर्मी सुशील पौडेलले लेखेका छन्। ‘प्रसाद’को कथा पनि उनले नै लेखेका थिए । चैतको दोस्रो साताबाट छायांकनमा जाने तयारीमा रहेको निर्माण टिमले जानकारी दिएका छन्।
४५ दिन भित्र छायांकन गर्ने तयारी गरिएको ‘प्रसाद २’ बाग्लुङमा छायांकन हुने बताइएको छ।